संघलाई दिए मास्केले दिए दुई लाख २२ हजार, प्रल्हादले ५० हजार

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७५, सोमबार

१४ जेठ, काठमाडौं । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा एकैदिन २लाख ९२ हजार २२८ रुपैया जम्मा भएको छ ।
संगीतकार संघ नेपालको आठौ साधारण सभाका अबसरमा सनिवार संघका नव निर्वाचित बरिष्ठ उपाध्यक्ष शुनिल मास्केले कोषलाई २लाख २२ हजार २२२ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी आजिवन सदस्य प्रल्हाद बोगटीले ५० हजार सहयोग गरेका छन् । बोगटीले आफ्नो व्यवसायबाट आएको आम्दानीको केही हिस्सा प्रत्येक वर्ष संघलाई मुनाफा दिने बताएका छन् । उनले आफ्नो व्यवसायमा लगानी थप गरी त्यसबाट आएको आम्दानीको हिस्सा संघको कल्याणकारी कोषमा नियमित राख्ने बताएका हुन् ।

त्यसैगरी चर्चित संगीतकार राजनराज शिवाकोटीले १० हजार एक रुपैया सहयोग गरेर कोषमा जोडिएका छन । त्यसैगरी सनिवारनै जन्मदिन परेका गायक तथा संगीतकार थानेस्वर गौतमले पनि कोषलाई १० हजार ५ रुपैया सहयोग गरेका छन ।

त्यस्तै प्रसिद्ध गायिका तथा संगीतकार मिरा राणाले आफू र आफ्नो श्रीमान उदयजंग राणाको तर्फबाट कोषलाई ५१ हजार सहयोग गर्ने घोषणा गरेकी छन् । त्यसैगरी प्रसिद्ध गीतकार डा.भोला रिजालले पनि कोषलाई ५१ हजार सहयोग गर्ने घोषणा गरेका छन् भने हाल मकाउ बस्दै आएकी समाजसेवी सिता खुलालले संगीत उद्योग संघका अध्यक्ष सुर्य मगर मार्फत १० हजार सहयोग गर्ने घोषणा गरेकि छन् । संघले संगीतकर्मी कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई सम्मान गर्दै आएको छ । कार्यक्रममा कोषमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु