संघारमा ‘छैटौं राप्ती म्यूजिक अवार्ड–२०७४’ ! तयारीमा तिब्रता..!

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७४, शुक्रबार

चैत्र २३, काठमाडौं । गीतसंगीतका साथै सामाजिक, सांस्कृति, कला, साहित्य, र राजनीति क्षेत्रमा समेत क्रियाशील रहदै आएको रापती समाज, काठमाडौंले हरेक वर्ष आयोजना गर्दै आएको म्यूजिक अवार्ड अन्तर्गत यस वर्षको छैटौं राप्ती म्यूजिक अवार्ड–२०७४ को मिती नजिकीदै छ । आगामी चैत्र ३० गते सांस्कृतिक संस्थान (नाचघर)को प्रेक्षालयमा दिनको १ बजे बाट अवार्ड समारोह शुरु हुने जानकारी समाजका अध्यक्ष शशी शर्मा मजगैंयाले हामीलाई दिए ।

समाजले छैटौं राप्ती म्यूजिक अवार्ड–२०७४ का लागि ४० विधामा अवार्ड वितरण गर्ने छ । प्रत्येक एक विधामा ५ मनोनयन रहेको र ति मध्यबाट १ जनालाई अवार्ड प्रदान गरिने छ । कार्यक्रममा राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरुको आकर्षक प्रस्तुति समेत रहने छ ।

सर्वोत्कृष्ट राष्ट्रिय गीत, लोकदोहोरीतर्फ सर्वोत्कृष्ट शब्द, भाका, गायक, गायिका, नव गायक, नवगायीका, चलचित्रतर्फ सर्वोत्कृष्ट गीत रचनाकार, संगीतकार, गायक,गायिकामा अवार्ड प्रदान गरिने छ । त्यसैगरी सुगम संगीततर्फ रचनाकार, संगीतकार, गायक, गायीका, एल्बम, नवगायक, नवगायिका रहेका छन् ।

त्यसैगरी सर्वोत्कृष्ट पप गीत, लोकगीत, संगीत संयोजन, ध्वनी मीश्रण, म्यूजिक भिडियो निर्देशन, पुरुष र महिला मोडललाई अवार्ड वितरण गरिने छ । यसवर्ष विभिन्न सम्मान तथा पुरस्कार पनि प्रदान गरिने र कार्यक्रम निकै भव्य र सभ्य हुनेमा आफु विश्वस्त रहेको अध्यक्ष मजगैंयाले बताए ।

कार्यक्रम उत्कृष्ट बनाउनका लागि तिब्र तयारी भइरहेको बताउँदै छैटौं म्यूजिक अवार्ड वितरण कार्यक्रमलाई सफल पार्नका लागि सरोकारवाला सबैमा अनुरोध गरिएको छ । साथै कार्यक्रममा उपस्थितिका लागि समेत समाजले सबैमा अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु