संचारकर्मी एवं सर्जक कमल सरगम सम्मानित

म्यूजिक खबर
प्रकाशित: २९ माघ २०७३, शनिबार

माघ २९, काठमाण्डौ । लालीगुराँस डटकममा कार्यरत संचारकर्मी एवं सर्जक कमल सरगमलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिद्वारा सम्मानित गरिएको छ । प्रतिष्ठानले आयोजना गरेको बृहत वनभोज कार्यक्रमको अवसरमा प्रतिष्ठानका केन्द्रीय महासचिव सुवास केसी र उपत्यका समन्वय समितिका अध्यक्ष पीएन सापकोटाले सम्मान प्रदान गरेका थिए ।

kamal sargam

नेपाली लोक संगीतको क्षेत्रमा क्रियाशील रहँदै आएका सरगमले गीति लेखनका अलावा संचारकर्मबाट लोकसंगीतको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको समन्वय समितिका अध्यक्ष सापकोटाले म्यूजिकखबरलाई बताए । सम्मानित भएपछि संचारकर्मी एवं सर्जक सरगमले ‘नेपाली मौलिक सृजना र नेपाली लोक तथा दोहोरी गीतको संरक्षणमा मेरो हरपल साथ रहने र बिकृतिमुलक सृजनाको जरैदेखि उखेल्न पछि नपर्ने’ प्रतिबद्धघता व्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु