संसार जित्ने कथामा ऋतु र सुन्दर, भिडियो हेर्नुहोस्

म्यूजिक खबर
प्रकाशित: १७ पुष २०७४, सोमबार

राजु बोहरा


१७ पुष, काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय वियोगान्त गीतहरु धेरै बजारमा आइरहेको बेला नुवाकोट शिवपुरी ७ का प्रतिभावान युवा कलाकार सुन्दर आर।डी ले एक संयोगान्त गीत बाट अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्नका लागि लोक दोहोरी गीत ूतिम्रै भर पर्दिन्छुू भर्खरै बजारमा लिएर आएका छन् । उनले यस अगी ूसकिन खोलि फर्काउनू बोलको गीत ल्याएका थिए । यस गीतको सफलता पछी यो सुन्दरको दोश्रो सांगीतिक कोसेली हो ।

निकै लामो समय यता बस्दै आएको प्रेम सम्बन्ध लाई अटुट र अजम्बरीको चाह गर्दै तयार पारिएको यस गीतमा सुन्दर आए।डी लाई गायिका पार्वती कार्कीले स्वरमा साथ दिएकी छिन् । बिशेष गरी हामी सम्पूर्ण नेपालीहरुले आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेर्ना गर्नु पर्छ भन्ने मूल उदेस्य बोकेर काँठ क्षेत्रको सुगन्ध प्रदान गरिएको यस गीतमा लय सुरेन श्रीजन र सुन्दर आर ।डी ले तयार तयार परेका हुन् भने शब्द सुन्दर को नै रहेको छ ।

सार्थक डिजिटल प्रालिले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियो पनि तयार भैसकेको छ । निकै आकर्षक र मन छुने भाव लहरीमा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा सुन्दर आर।डी र ऋतु तामांगको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सुरेन श्रीजनले गरेका हुन् भने छायांकन तथा सम्पादन दिपेन्द्र भट्टले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु