सउलमा, गायिका मेनुका राई एकल साँझ मे २५ तारिख हुने

म्यूजिक खबर
प्रकाशित: ९ जेष्ठ २०७६, बिहीबार

बुसान कोरिया / चर्चित गायिका मेनुका राई एकल साँझ कोरियाको राजधानी सउलमा मे २५ तारिख शनिबार बेलुकी दोङदेमुनको ३ नम्बर गेट संगै रहेको शुभेच्छा रेष्टुरेण्टमा हुने भएको छ। उक्त साँँझमा नेपालबाट आमंत्रित गायिका मेनुका राईको साथमा स्थानिय कलाकारहरूको समेत प्रस्तुती रहने छ।

भर्खरै सम्पन्न किराँत राई यायोक्खा बुसान द्वारा आयोजित उभौली साकेलाको लागी आफ्नो प्रस्तुती दिन कोरिया आएकी गायिका मेनुका राई साकेला कार्यक्रम सकेए लगत्तै कोरियाको राजधानी सउलमा एकल साँझमा आफ्नो धमाकेदार प्रतुती सहित पुन देख्न पईन्ने भएको छ ।

दर्जनौ गिताहरुमा स्वर दिएकी गायिकाको केही महिना अघि गायक रूप कुमार राई संग गाएकी नौ लाई सुन्ना नब्बे निकै चलेको गीत हो। यिनै गीतहरू साथ विभिन्न रमाईलो आकर्सक गीतहरुको साथ प्रतुरी रहने भएको हुदा सउल वरिपरी रहनु सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनि लगायत गीत संगीतलाई माया गर्नुहुने संगीत प्रेमिहरुमा उपस्थितिको लागि अनुरोध गरिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु