सकुन्तलाको ‘पालुवा र मन्जरी’ लोकर्पण

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०७२, बिहीबार

न्यूयोर्क । सिर्जनशील साहित्यकार, कवियत्री शकुन्तला ज्ञवालीद्वारा रचिएका कविताहरुको संग्रह ‘पालुवा र मन्जरी’ एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । लोकार्पित पुस्तकका प्रकाशक समेत रहेका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि न्यूयोर्कका महाबाणिज्यदूत नारायण मैनाली, विशेष अतिथिहरु उप–बाणिज्यदूत प्रबिण भट्टराई, वरिष्ठ नाट्यकर्मी तथा प्राज्ञ हरिबहादुर थापा, अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष गीता खत्री, साहित्यकार ज्योति पौडेल लगायत रहेका थिए । । उक्त कार्यक्रममा अतिथिहरु डा.तारा निरौला, डा.बिष्णुमाया परियार, संजय थापा, बिनोद रोक्का, पूनम काफ्ले, कमला प्रसाई, लक्ष्मी श्रेष्ठ, धनीराम सापकोटा, पुन्डरी अर्याल, मनु लोहारुङ राई, दिवाकर ज्ञवाली, ज्योतिकुमार श्रेष्ठ, कृष्ण पोख्रेल, गीता पन्थ, कृष्ण बिष्टले विमोचित कृतिका सर्जक शकुन्तला ज्ञवालीलाइ बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।

sakuntala gyawali
न्यूयोर्कका पंचकन्याहरु (सिमरन, दिलाष्मा, सीताष्मा, क्रिष्टल र श्रीनीति)द्वारा नेपाली राष्ट्रगान गाएर शुभारम्भ गरिएको सो कार्यक्रममा विशेष अतिथी बाणिज्यदूत एवं साहित्यकार कृसु क्षेत्रीले कविता संग्रह ‘पालुवा र मन्जरी’ को बारेमा समीक्षा गरेका थिए । अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा संचालन गरिएको सो कार्यक्रम च्याप्टरका निवर्तमान अध्यक्ष बिकाश बिष्टले कार्यक्रम संचालन गरेका थिए ।

उल्लेख्य संख्यामा साहित्यसर्जक, कलाकार, साहित्यप्रेमी, समाजसेवीहरुको उपस्थिती रहेको सो कार्यक्रममा सहभागी महानुभावहरुले ‘पालुवा र मन्जरी’ का सर्जक शकुन्तला ज्ञवालीलाई दोसल्ला, खादा र पुष्पगुच्छाले सम्मान गरिएको थियो । लामो समयदेखि साहित्य सिर्जनशीलताका बिविध विद्यामा सक्रिय शकुन ज्ञवालीले विभिन्न पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् भने एक दर्जन लोकभाका र तीजका गीति एल्बम पनि प्रकाशित गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु