सगरमाथा छानो मुनि जगन (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २५ बैशाख २०७५, मंगलवार

२५ बैशाख, काठमाडौं । गायक जगन निरौला यतिखेर ‘सगरमाथा छानो’ मुनि बोलको राष्ट्रभक्ति गीत सहित आएका छन् । आफ्नो देश अनि माटोको माया कस्लाई हुन्न र ? त्यस्तै प्रवासमा बसेर गीत मार्फत गायक जगन निरौला नेपाल देश को सुन्दर्ताको वर्णन गर्दै नेपाल देश घुम्न जान अनुरोध गर्दै छन् । उनको सुमधुर आवाज रहेको सगरमाथा छानो मुनि बोलको राष्ट्रभक्ति गीत सार्वजनिक भएको छ । यस गीतको शब्द स्वयम् गायक जगनको रहेको छ भने संगीत संयोजन चन्दु गोर्खालीले गरेका हुन् ।

सिकागो शहरको बिभिन्न ठाउँमा यस भिडियोमा सिकगो शहरमै बस्दै आएका आर एल शेर्पाले छायांकन तथा निर्देशन गरेका हुन् । भिडियोमा राज थापा, सोनिया गरास, विश्व राई बिदुर काफ्ले, मन्जु सोनम, पुजा शाही आदिले अभिनय गरेका छन् । मार्फत तयार भएको यस भिडियोलाई मार्फत बजारमा ल्याइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु