सगरमाथा दिवसको अवसरमा नाम्चेमा कन्सर्ट हुने !

म्यूजिक खबर
प्रकाशित: ९ जेष्ठ २०७५, बुधबार

ज्येष्ठ ९,  काठमाडौं । सगरमाथा दिवसको अवसर पारेर सोलुखुम्बुको नाम्चेबराजमा वृहत सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । प्रत्येम मे २९ का दिन मनाइने एभरेष्ट डे अर्थात सगरमाथा दिवसको अवसर पारेर यही जेठ १५ गते मंगलबार पार्टि एभरेष्ट इन्टरनेशनल इन्टरटेन्मेन्टले नाम्चेबजारस्थित हिमालय आधारभूत विद्यालयको प्रांगणमा लोकप्रिय कलाकारहरुको साथमा लाईभ कन्सर्ट तथा डान्स पार्टि व्यवस्थापन गर्न लागेको हो । पार्टि एभरेष्टका पासाङ छिरिङ शेर्पाद्वारा जारी गरेको प्रेस विज्ञप्ती अनुसार पार्टि एभरेष्टको प्रस्तुतीमा ‘एभरेष्ट डे–२०१८’ शीर्षक राखेर विश्वकै सबैभन्दा अग्लो स्थानमा कन्सर्ट तथा डान्स पार्टि आयोजना गर्न लागिएको हो ।

‘सगरमाथाको फेदी अनुप छ ठाउ“, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाउ“’ भन्ने नारा राखेर आयोजना हुन लागेको उक्त सांगीतिक कार्यक्रममा गायकहरु अभिनाश घिसिङ, ईन्डियन आइडलको उपाधि विजेता प्रशान्त तामाङ, लोक गायक बद्री पंगेनी, गायिका प्रिया भण्डारीको साथमा डिजेइङको क्षेत्रमा स्थापित भैसकेका नेपालको पहिलो व्यवसायिक डिजे डिजे तेन्जिङको आकर्षक प्रस्तुती रहने छ । जेनी शेर्पा उक्त समारोहमा उद्घोषिकाको रुपमा सहभागि हुने छिन् ।

नाम्चे यूथ ग्रुपले यही जेठ १५ गते मंगलबार आयोजना गर्ने उक्त कार्यक्रममा सा“झ ६ बजेपछि प्रारम्भ हुने छ । ‘पार्टि एट टप अफ द वल्र्ड’ उपशीर्षक राखिएको उक्त कन्सर्टसहितको कार्यक्रमको अघिल्लो चरणमा लोकप्रिय गायक–गायिकाहरुले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्ने छन् भने दोस्रो चरणमा डिजे तेन्जिङले बजाउने लोकप्रिय संगीतको तालमा सहभागि दर्शकहरु डान्स फ्लोरमा रमाउने छन् । कन्सर्ट तथा डान्स पार्टिमा स्वदेशी दर्शकमात्र होइन, विश्वका विभिन्न देशबाट सगरमाथा दिवस मनाउन तथा पदयात्रा र आरोहणका लागि भेला भएका विदेशीहरु पनि रमाउने छन् ।

कार्यक्रममा सहभागिता जनाउने कलाकारहरु पर्सी आईतबार नै त्यसतर्फ प्रस्थान गर्ने पार्टि एभरेष्टका पासाङ छिरिङ शेर्पाले बताएका छन् ।

 

सर्वाधिक राशीको भलिवल प्रतियोगिता :

यसैबीच खुम्बु भ्रमणमा आन्तरिक पर्यटकलाई पनि बढावा दिने उदेश्यले सोलुखुम्बुको नाम्चेमा नेपालकै हालसम्मको सर्वा्िधक राशीको भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । आयोजक नाम्चे यूथ ग्रुपका अनुसार सगरमाथा दिवस अर्थात मे २९ मा नाम्चेबजारमा बृहत खुला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । नाम्चे युथ ग्रुपका खेल संयोजक लामाकाजी शेर्पाका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद पाच लाख १ सय १ रुपैयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितिय र तृतिय हुने टिमले क्रमशस् नगद तीन लाख १ सय १ रुपैया तथा एक लाख १ सय १ रुपैयाका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीका लागि नगद ५० हजार १ सय १ रुपैयाका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यो पुरस्कार राशी अहिलेसम्मकै सबैभन्दा ठुलो राशी भएको आयोजकको दावी छ । खुला प्रतियोगिता भएकाले ख्यातीप्राप्त जुनसुकै क्लब आउन सक्ने तर स्थानीय खेलाडी पनि हुने भएकाले राष्ट्रिय खेलाडी एक टिममा दुई जनासम्म मात्र खेलाउन पाउने नियम बनाइएको आयोजकले जनाएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाईला राखेको दिनको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाउने गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु