सञ्चितालाई आफ्नो बनाउन आए दिनेश (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ११ भाद्र २०७४, आईतवार

११ भाद्र २०७४, काठमाडौं । नायक दिनेश केसी ज्वाला बनेर आएका छन् । चलचित्र ‘खतरनाक’मा उनको ज्वाला चरित्रको शैली निकै डरलाग्दो देखिएको छ ।

शनिबार अफिसियल युट्युव च्यानल ओ.एस.आर मार्फत चलचित्र ‘खतरनाक’को ट्रेलर रिलिज गरिएको हो । छिट्टै प्रदर्शनमा आउने भनिएको यस फिल्ममा दिनेश एक्सन भूमिकामा देखिएका छन् । नायिका सञ्चिता लुइँटेलसँग अनस्क्रिन रोमान्स गरेका दिनेशले आफू अभिनित अघिल्ला फिल्म भन्दा ‘खतरनाक’ केही खास रहेको बताएका छन् ।

सञ्चिता र दिनेशको अलवा यस फिल्ममा हर्षिका श्रेष्ठ, विरेन डिसी, दिपेश राज पाण्डेको मुख्य भूमिका रहेको छ । दुई दशक भन्दा लामो समय चलचित्र लेखनमा सक्रिय मौनता श्रेष्ठ लिखित फिल्ममा प्रदीप खड्काको द्धन्द्ध, नारायण रिजालको नृत्य, रवि कोइरालाको छायांकन रहेको छ ।

रोशन तण्डुकार निर्मित चलचित्रलाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् । टि.आर. फिल्मस् प्रस्तुत चलचित्र ‘खतरनाक’ मा संगीत विशाल ढकालले दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु