‘सञ्जना’लाई निन्द्रा लाग्दैन आजभोलि (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २९ श्रावण २०७२, शुक्रबार

काठमाडौं । आज भोेलि सञ्जना श्रेष्ठलाई निन्द्रा नलाग्ने भएको छ । हुन त मानिसमा मस्त जवानी भरीए पछि, अनि मनमा हर्ष, उमंग छाए पछि मन स्थिरमा नरहनु स्वभाविक नै हो । अझ त्यसमाथि पनि केटी मान्छे । उनी भन्दै छिन् ‘तिमीले एक नजर के हे¥यौ मलाई घायल बनायौ’ त्यसैले होला श्रेष्ठको मन बसमा नभएर उनलाई निन्द्रा छैन भोक छैन आजभोलि भन्दै छिन् ।

sanjana shrestha

तर कुरा खासमा गीत संगीत क्षेत्रमा समाबेर रहेको छ । पछिल्लो समयमा गीत संगीत क्षेत्रमा नायाँ कालाकार उदाउने र पुराना कलाकारहरु अस्थाउने क्रम बढ्दै आएको छ । त्यसमध्ये सञ्जना पनि एक नव कलाकारमा पर्दछिन् । श्रेष्ठको ‘संघर्ष’ एल्बमको एक टाईटल गीतको बोल हो ‘निन्द्रा छैन आजभोलि’ । ‘तिमीसँग अन्तिम चोटि, स्पर्श, शुनौलो बिहानी’ एल्बमहरुमा र करिव आधा दर्जन भन्दा बढि गीतहरुमा स्वर दिईसकेकी छन् ।

सो गीत श्रेष्ठको आफ्नै एल्बम्मा समाबेस रहेको छ । गीतमा शब्द सञ्जना श्रेष्ठ, संगीत कमल खत्री, स्वर सञ्जना श्रेष्ठ र कमल खत्रीको रहेको छ । यक्त गीतको म्युजिक भिडियोलाई श्रेष्ठले नै निर्देशन गरेकी छिन्, छाँयाकन अमृत सुनुवारले गरेका छन् भने, म्युजिक भिडियोमा विक्कि, बिमल र सलोनीकोे अभिनय रहेको छ । सो म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु