अजितको प्रस्तुती सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २७ पुष २०७२, सोमबार

गायक तथा संगीतका अजित घिमिरेको स्वर तथा संगीतमा सजिएका गीतहरुको संग्रह प्रस्तुती लाई वरिष्ठ संगीतकर्मी बासुदेव मुनाल तथा गायक सुगम पोखरेलले काठमाडौंमा विमोचन गरेका छन् ।

अमेरिकामा पिएचडी गरिरहेका संगीतकर्मी घिमिरेले चार वर्षको मेहनतपछि यो एल्बम तयार पारेको बताएका छन् । नयां वानेश्वरस्थित रियल टाइम क्रिएसनको कार्यालयमा सम्पन्न विमोचन समारोहमा संगीतकर्मी बासुदेव मुनालले गायक तथा संगीतकार घिमिरेको गायकीको प्रसंसा गर्नु भयो । गायक सुगम पोखरेलले पनि गायक घिमिरेको गायन शैलीको बारेमा सकारात्मक टिप्पणी गरेका थिए ।

prastuti
विमोचित संग्रहमा गायक घिमिरे तथा मोहित मुनालले संगीतबद्ध गरेका गीतहरु समावेश गरिएका छन् । एल्बमका सात वटा गीतहरुमा अराज केशवल गिरी, प्रकाश पोखरेल तथा गायक घिमिरेका शब्दहरु सुन्न सकिन्छ ।

विमोचन समारोहमा मदहोशी…गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । अराज केशव गिरीले निर्देशन गरेको यो भिडियोमा गायक घिमिरेले पनि अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु