सत्यकथामा अाधारित गीत-”सिन्दुर” हेर्नुहोस भिडियो !

म्यूजिक खबर
प्रकाशित: २६ बैशाख २०७५, बुधबार

 

वैशाख २६, काठमाडौं । मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा नरमाया घर्तिको मार्मिक लोकदोहोरी “सिन्दुर ”  बोलको  गीतको म्युजिक भिडियोमा गायक प्रेम रावत र गायिका नरमाया धर्तिको आवाजमा रहेको गीत यूट्युबमार्फत सार्वजनिक भएको छ । 

सागर घर्ति मगरको शब्द तथा  प्रेम रावतको लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई जिवन्तता दिइएको छ । मायामा पागल भएको कुरालाई गीतमा मौलिक पारामा समेटिएको छ । 

“सिन्दुर  ”गीतको निर्देशन बविता श्रेष्ठले गरेकी हुन भने  सम्पादन  अविनास डिसीले गरेका छन । भिडियोमा नेशल जी एम  र आशा खड्काको निकै मार्मिक  अभिनय देख्न सकिन्छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन । 

हेर्नुहोस भिडियो सहित

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु