सदाका लागि विदा भए ‘वारि जमुना पारी जमुना’

म्यूजिक खबर
प्रकाशित: ९ भाद्र २०७३, बिहीबार

चर्चित गीत वारि जमुना पारी जमुनाका गायक खेमराज गुरुङको अल्पायूमै निधन भएको छ । उनको चाबहिलस्थित मेडिकेयर हस्पिटलमा उपचारका क्रममा विहिबार निधन भएको हो । कलेजोमा गम्भीर समस्या देखिएपछि चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचार भर्ना गरिएको थियो । लिभरमा गम्भीर समस्या देखिएपछि विहिबार एयर एम्बुलेन्सबाट भारतको मेदान्त हस्पिटल लैजाने भनिएपछि समस्या बल्झिँदै गएपछि असम्भव भएको थियो । आईसियुको १ नम्बर बेडमा राखेर उपचार गराइरहिएको गायक गुरुङको उपचारमा सुधार आउला भन्दा अन्ततः निधनको खबर बाहिरियो, गीतकार संघका उपाध्यक्ष विपिन किरणले बताए ।

khem gurung
हिजो भेट गर्दा उहाँको शरीरका नसाहरुमा रगत जम्ने र फुट्ने जस्ता समस्या देखिएको थियो । आज भारतमा लैजाने भन्ने प्रक्रिया भइरहको भए पनि उनको समस्या बल्झिएको कारण लैजान नसकिएको उपचारमा संलग्न डाक्टरहरुले बताएको सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले म्यूजिकखबरलाई बताए ।

बुधबार बिहान ६ बजेदेखि उनलाई भेट्न दिइए पनि चिकित्सकले परिवारका बाहेक अरुलाई भेट्न रोक लगाएको छ । उनको ४० वर्षको अल्पायूमै निधन भएको बताइएको छ ।यतिबेला गायक गुरुङको शबलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिएको छ । हङकङबाट गुरुङकी आमा भाइपुगेपछि उनको शबलाई अन्तिम संस्कार गरिने संगीतकार एवं सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले बताए ।

दर्जनौं लोक गीतका सर्जक गुरुङको श्रीमती, १५ वर्षीय र ८ वर्षीय दुई छोरा छन् । म्यूजिक खबर डटकम गुरुङको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु