सधैं विहे गर्छु भनेर किन ढाँट्नु ?

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७२, सोमबार

गीतसंगीतको क्षेत्र पनि अचम्मकै छ । कहिले विहे नगर्ने भन्नेहरुको जमात हुन्छ भित्रभित्रै अनेकौं बहना गर्छन् फेरी चर्चा उनीहरुकै चल्छ । कहिले विहे गर्छु अब त भन्छन् सधैं धेरैलाई आश देखाएर विहे भने गर्दै गर्दैनन् । कतिले भने पहिलो छोडे अब दोस्रो विहेको तयारीमा भन्छन् । अब कुन गायक, कुन संगीतकार, कुन गायिका जे जे भए नि नाटकै धेरै हुन्छ बा !

गीतसंगीतका क्षेत्रमा सानो उमेरमा चर्चा बटुल्न सफल गायक हुन् राजन ठकुरी । पहिलो गीत गाउँदा पो उनको उमेर सानो त अब त गायनको क्षेत्रमै आएको पनि डेढ दशक हुन लागिसक्यो । यिनले धेरै वर्ष भयो विहे गर्छु भन्दै स्रोता दर्शकका सामु भन्ने गरेका तर सधैं भाका सार्दै विहे भने गर्दैनन् । यस वर्ष चाहिँ पक्का पञ्चेबाजा बजाउँछु भन्थे उनका फ्यानहरु ढुक्क थिए तर बाजा बजाए खै कता कता ? ढाँट्नुको पनि सीमा हुन्छन् पञ्चै बाजा बजाउँछु लगन जुरेको छ भनेका यिनले पञ्चेबाजाको म्यूजिक भिडियो पो सार्वजनिक गरे । यसपाली पनि स्रोताहरुलाई ढाँटेर भने के लैजानु छ र मरेर… । मरेर केही लैजानु नभए पनि यिनको यही म्यूजिक भिडियोमा जस्तै विहे भएको हेर्ने दिन आओस् ।

rajan thakuri
यो गीतमा भने राजन ठकुरी आफैंले शब्द र लय सिर्जना गरेका छन् भने स्वरमा उनलाई पूर्णकला बिसीले साथ दिएकी छिन् । गीतको म्यूजिक भिडियोमा भने सज्जन हमाल र विनु खड्काले अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु