सन्जयले भने : म त फूलझैं झर्न थालिसकेँ

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

काठमाडौं । सन्जय फ्राउन्डफेल्डर नेपाली गायनमा भर्खरै प्रवेश गरेका नवोदित प्रतिभा हुन् । उनी आँखा देख्दैनन् तर संसार देखेका कुरा गर्न भने खप्पिस छन् । कहिले पीडा त कहिले खुशी जीवन यही नै हो भन्ने सन्जय यतिबेला भने दुःखको सागरमा दौडिरहेका छन् । उनी स्वीट्जरल्याण्ड बस्छन् तर मन नेपाली माटोमा छ, नेपाली संगीतमा छ । पोखराको रमणीय वातावरणले उनलाई धेरै पाठ सिकायो र कर्मभूमीका रुपमा स्वीट्जरल्याण्ड बनेको छ । संसारको रुप रंग कस्तो छ, उचाइ कति छ भन्ने उनले देखेका छैनन् तर मानिसको मनमुटु छामिसकेका छन् ।
सन्जय फ्राउनफेल्डरलाई नेपाली सांगीतिक क्षेत्रमा पाइला टेकाउने काम गायक विरही कार्कीले गरेका हुन् । विरही कार्की लोकगायनको क्षेत्रमा स्थापित नाम हुन् उनको सहकार्यमा सन्जय पनि उदाएका छन् । जुन गीतमा दिनेश क्षेत्री र विरही कार्कीको शब्द रहेको छ । गायक कार्कीको लयमा बजारमा आएको गीत ‘म त फूल झैं ओइलिएर झर्न थालिसकेँ’ यतिखेर डिजिटल माध्यम, टेलिभिजन, रेडियोमा चर्चाको शिखरमा नै छ । जुन गीतमा गायिका मुना थापा मगर र सन्जय फ्राउन्डफेल्डरको स्वर रहेको छ । कुनै साधना बिना नै राम्रो प्रतिभाका रुपमा उदाएका सन्जयले पीडाका गीतबाट मायाप्रेमको अनुभव गरेका छन् । उक्त गीतमा प्रेमप्रेमिकाको पीडालाई बुलन्द रुपमा पस्किन कार्की सफल पनि भएका छन् । जुन गीतले सन्जयलाई लोकदोहोरीको क्षेत्रमा स्थापित गर्ने पक्का भएको छ ।

म त फूलझैं र्झन थालिसकेँको म्यूजिक भिडियो पनि तयार पारिएको छ । जुन भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् भने नारायण ढकाल र सगुन शाहीको अभिनय रहेको छ । उक्त भिडियोको छायाँकन राजेश घिमिरेको रहेको छ भने प्रविन रेश्मीमगरको सम्पादन रहेको छ ।

गायक सन्जयले त्यसपछि आफ्नै जीवनसँग मेल खाने लोकगीत पनि रेकर्ड गरेर कर्मभूमी स्वीट्जरल्याण्ड फर्किएका छन् । ‘आफ्नो भाग्य आफैं लेख्न पाए’ बोलको लोकगीत गाएका सन्जयले उक्त गीतलाई छिट्टै नै बजारमा ल्याउने तयारीमा छन् । जुन गीतमा पत्रकार सुमन बैरागीको शब्द रहेको छ भने गायक विरही कार्कीको लय रहेको छ । उक्त गीतलाई सुनखानी म्यूजिकले बजारमा ल्याउँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु