सन्तोष र निशालाई युवा संगीत, ज्योति र पृथ्वीलाई युवा कला पुरस्कार

म्यूजिक खबर
प्रकाशित: ७ माघ २०७३, शुक्रबार

माघ ७, काठमाण्डौ । लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ र गायिका निशा देशारलाई नारायण गोपाल युवा संगीत पुरस्कारद्वारा पुरस्कृत गरिएको छ भने ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं कलाकार ज्योतिप्रकाश विश्वकर्मा र कलाकार पृथ्वी श्रेष्ठलाई अरनिको युवा कला पुरस्कारद्वारा सम्मानित गरिएको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको यस सम्मान कार्यक्रमबाट यस वर्ष चार स्रष्टालाई पुरस्कृत गरिएको हो ।

kamal thapa_dipak jangam

राजधानीको हार्दिक होटलमा कार्यक्रमको आयोजना गर्दै कोषले चार स्रष्टा एवं सर्जकलाई सम्मान गरेको हो । राप्रपाका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा उनीहरुलाई सम्मान गरिएको थियो । गीतसंगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरु गीतकार कालिप्रसाद रिजाल, दिनेश अधिकारी, विश्व वल्लभ, संगीतकार दीपक जंगम, शक्ति वल्लभ, गायिका कोमल वली, मूर्तिकार ठाकुर प्रसाद मैनाली लगायत दिग्गज संगीतकर्मी एवं कलाकारको बीचमा संगीतकार श्रेष्ठ, गायिका देशार, कलाकारद्वय विश्वकर्मा र श्रेष्ठलाई नगद राशिसहित पुरस्कृत गरिएको हो ।

Kamal Thapa_santosh

पुरस्कृतपछि गायिका देशार र संगीतकार श्रेष्ठले गीत गाएर सभालाई सम्बोधन गरेका थिए भने विश्वकर्मा र श्रेष्ठले मन्तव्य दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि कमल थापाले राष्ट्रिय युवा कोष विशुद्ध रुपमा मन वचन र कर्मले सम्मानमा क्रियाशील रहेको संस्था भएको बताउँदै प्रत्येक वर्ष कहिँ कतै विवादित नगरीकन कलाकारहरुलाई सम्मान गर्दै आएको बताएका थिए । मुलुकका विभूति अरनिको र नारायणगोपालको नाम जोडेर विशुद्धमनले सम्मान एवं पुरस्कार प्रदान गर्दै आउनु सामाजिक कार्यमध्ये उच्चतम रहेको थापाले बताएका थिए ।

jyotiprakash

Santosh Shrestha

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु