सबनम मुखिया निर्देशित ‘जुभेनायल’को ट्रेलर रिलिज(ट्रेलरसहित)

म्यूजिक खबर
प्रकाशित: १ मंसिर २०७४, शुक्रबार

काठमाडौं । फिल्म ‘जुभेनायल’ को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रम मार्फत नेपालको पहिलो महिला छायांकार सबनम मुखिया निर्देशित उक्त फिल्मको ट्रेलर रिलिज गरिएको हो । यसका साथै शुक्रबारदेखि बागबजारको सिटी म्याक्स हलमा च्यारिटी सो हुने निर्माण पक्षले जनायो । शवनम मुखिया निर्देशक रहेको फिल्म स्कुल तथा कलेजहरूका युवायुवतीलाई लक्षित गरी बनाइएको पत्रकार सम्मेलनमा बताइयो ।

फिल्मको गीतमा संगीत सन्तोष श्रेष्ठ र नितेश जंग कुवरले दिएका छन् । समारोहलाई सम्बोधन गर्दै निर्देशक मुखियाले फिल्म सन्देशमूलक बनेको बताइन् ।

करिब १ घण्टाको यो फिल्म देशभरिका विभिन्न स्कूल तथा कलेजमा च्यारिटी गरिने निर्माण स्रोतको भनाइ छ । मंसिर १ गते बागबजारमा रहेको सिटीम्याक्स हलमा चलचित्रको तीन शो च्यारिटी गरिदैछ । माधव पौडेल निर्मित यस फिल्ममा राष्ट्रिय नाचघरमा अभिनय प्रशिक्षण लिएका नयाँ कलाकारले अभिनय गरेका छन् । कुमार गजुरेल, सन्जना तिमिल्सीना, मोहन चाम्लीङ राई, माधव पौडेल, ओमकृष्ण भण्डारी, विष्णु प्रसाद कोइराला लगायतका कलाकारले यस चलचित्रमा अभिनय गरेका छन् ।

‘जुभेनायल’ निर्दोषी मनहरु ड्रिम वल्र्ड फिल्म मेकर्स प्रा।लि।को व्यानरमा निर्माण भएको फिल्म हो । समारोहमा एक गीतको भिडियो समेत देखाइएको थियो । कार्यक्रमको शोभा बढाउन कलाकार तथा निर्देशक मोहन निरौला, खल अभिनेता रवि गिरी, संगीतकार राजु सिंह लगायतका व्यक्तित्व समारोहमा उपस्थित भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु