सबिन र आठ बर्षिया दीक्षाको गज्जबको नृत्य ‘भाईरल भैदियो’

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७४, मंगलवार

कार्तिक २७, काठमाण्डौ। गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत ’भाईरल भैदियो’को भिडियो सार्वजनिक भएको छ । गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा भनिरहेका छन् । मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ति युवक देखिन्छन् । गीतमा आठ बर्षिया दीक्षा ठकुरीको मनोरञ्जक नृत्य समेत छ ।

स्वर, शब्द तथा संगीत मानस राजको रहेको यस गीतको भिडियोलाई सबिन कार्की ’बिस्ट’ले तयार पारेका छन् । सबिनको लोभलाग्दो नृत्यसँगै उनि आँफैले निर्देशन तथा सम्पादन समेत गरेका छन् । प्रयोग गर्न रुचाउने सबिनले यस भिडियोमा पनि कथा तथा उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् । यस गीतका एरेन्जर उदय राज पौडेल हुन् ।

धादिङ्की आठ बर्षिया दीक्षाले यसै भिडियोबाट नृत्यसँगै अभिनय शुरु गरेकी हुन् । उनले यसअघि केहि गीतका कभर भिडियोमा नृत्य गरेकी थिइन् । भिडियो रिलीजसँगै दीक्षाको प्रतिभाको तारिफ गरिएको छ ।

गीतका गायक, रचनाकार तथा संगीतकार मानस राजले लेखेको ’पिरतीको छाता ओढाउँला’ बोलको चलचित्र ’रेशम फिलिली’को गीत निकै चर्चित बनेको थियो । त्यस्तै, चलचित्र ’डायरी’को चर्चित ’माया माया’मा मानसको शब्द तथा संगीत थियो ।

मानसले रचना गरेका पचास बढि गीतहरुमा मोहन भुसाल, सनुप पौडेल, हेमन्त राना, काली प्रसाद बास्कोटा, अल्मोडा राना लगायतले स्वर दिईसकेका छन् । मानसले रंगमञ्चमा दश वटा नाटकमा अभिनय समेत गरेका छन् ।

भिडियोः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु