सभासद्लाई प्रतिष्ठानको सममान

म्यूजिक खबर
प्रकाशित: ३० फाल्गुन २०७०, शुक्रबार

काठमाडौं, फागुन ३० । गीतसंगीतको क्षेत्रमा लामोसमयदेखि लागेका र अहिले संविधानसभामा प्रतिनिधित्व गरेका सभासद्हरुलाई लोक तथा दोहोरी गीत प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानको १२ औं वार्षिकोत्सव अवसर पारेर आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा सभासद जेबी टुहुरे, सिन्धु जलेसा, मधु गुरुङ र तप्पबहादुर बिष्ट रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि सभामुख सुवास नेम्वाङले सम्मानित संगीतकर्मी सभासदलाई खादा र सम्मानपत्रद्वारा सम्मानित गरेका थिए ।
प्रतिष्ठानको उक्त कार्यक्रममा सभालाई सम्बोधन गर्दै सभामुख नेम्वाङले कलामा ठूलो शक्ति हुने बताएका थिए । हामील्े समय लिएर पनि बुझाउन नसकेको कुरा कलाकारले सजिलै र चाँडो जनतालाई बुझाउन सक्छन्, नेम्वाङले भने । नेम्बाङले आफूलाई सभासदमा निर्वाचित गराउन गीत गाएर सहयोग गरेको भन्दै प्रतिष्ठानका उपाध्यक्ष बद्री पंगेनीलाई धन्यवाद समेत दिएका थिए । प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले लोक संस्कृति संरक्षण र सम्बद्र्धनका लागि सभासदहरुले संसदमा आवाज उठाउन आग्रह गरेका थिए ।
सम्मानित भएका सभासदले पनि मौलिक परम्परा, संस्कृति संरक्षणमा योगदान गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा कलाकारहरुलेले लोक तथा दोहोरी गीत गाएका थिए भने मौलिक सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

IMG_0832

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु