समसामयिक विषयमा लोकतन्त्र मञ्चन

म्यूजिक खबर
प्रकाशित: १० असार २०७१, मंगलवार

काठमाडौं । मुलुकमा संक्रमणकाल लम्बिरहेको अवस्थालाई मध्यनजर गर्दै निर्देशक तथा लेखक मोहन निरौलाद्वारा लिखित नाटक लोकतन्त्रलाई मञ्चन गरिएको छ । देशमा भइरहेको विदेशी हस्तक्षेप, सीमा अतिक्रमण, राजनीतिक अस्थिरतालाई केन्द्रमा राखी लोकतन्त्रलाई मञ्चन गरिएको हो । नेपाल रहे मात्र हामी नेपाली हुन्छौ भन्ने मुख्य विषयलाई नाटकमा उतारिएको छ । लोकतन्त्रलाई सुरज अधिकारीले निर्देशन गरेका हुन् । सर्वनाम थियटरमा मन्चन गरिएको लोकतन्त्रमा सुरज अधिकारी, कुमार सिंखडा, आदर्श घिमिरे, सिर्जना घिमिरे, सरु दाहाल, सुजन तामाङ, रोज लामा, सन्तकुमार राई, राजेश बुढाथोकीको अभिनय रहेको छ । २०५५सालमा पनि देशभरि प्रदर्शन भएको यस लोकतन्त्रलाई पुनः अहिले मन्चन गरिँदा विद्यार्थीहरुको भीड लागेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु