समसामहिक गीत ‘मार्यो जेब्रा क्रसिङले’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २९ जेष्ठ २०७४, सोमबार

जेठ २९, काठमाडौं । गायक प्रदिप सुन्दासले पछिल्लो समय राजधानीको नयाँ ट्राफिक नियमलाई समेट्दै एक गीत बजारमा ल्याएका छन् । बिहिबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा एक कार्यक्रमका बिच ‘जेब्रा क्रसिङ’ बोलको गीत सार्वजनिक गरिएको हो ।

‘जेपिएस’ ग्रुपले बजारमा ल्याएको उक्त गीतमा गायक प्रदिपको एकल आवाज रहेको छ । साथै गीतको एरेन्ज तेजेनले गरेका हुन् । गीतको सार्वजनिक भिडियो पनि रोचक बनाइएको छ । जेब्रा क्रसिङका कारण प्रेमिकालाई समयमै भेट्न नपाउदाको पिडा भिडियोमा पनि देखाइएको छ । भिडियोमा सुजन, सुवर्ण, जयराम, पुजाको अभिनय छ ।

Jebra crossing

गीतको बारेमा बोल्दै गायक प्रदिपले दर्शककै माग अनुरुप पछिल्लो समयको समसामायिक बिषयबस्तुलाई उठाएको बताए । उनले नयाँ ट्राफिक नियमलाई नै रमाइलो तरिकाले गीतमा ल्याउदा सन्देश पनि जाने बताए । ‘मैले यो भन्दा अघि यस्तो प्रकारको गीत त गाएको थिएन तर समसामाहिक गीत पनि गाउनु पर्छ भन्ने लाग्यो र गीतमा रमाइलोको साथमा सन्देश पनि दिन खोजिएको छ ।’, गायक प्रदिपले भने ।

कार्यक्रममा गीतको बारेमा बोल्दै नायक अनुरुप पोख्रेल, कान्छा पत्रकार सुजन आचार्य लगायतका अतिथिहरुले गायक प्रदिपलाई गीत राम्रो भएको भन्दै बधाई तथा शुभकामना दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु