समिक्षा चौधरीको वैष्णवी बजारमा

म्यूजिक खबर
प्रकाशित: २५ आश्विन २०७२, सोमबार

देशको स्थिति यतिबेला राजनीतिमय छ । गैर राजनीतिक व्यक्ति पनि यतिबेला देशको विद्यमान राजनीतिक स्थितिको विषयलाई गफ बनाइरहेका छन् । यद्यपी यस्तो राजनीतिमय वातावरणको अवस्थामा पनि दिनहुँ जसो सांस्कृतिक तथा एल्बम विमोचनका कार्यक्रमहरु भइ नै रहेका छन् । यस्तै क्रममा समिक्षा चौधरी (डगौरा थारु)को ‘वैष्णवी’ पनि बजारमा आएको छ । नेपाली कला संस्कृतिको विकास तथा सम्वद्र्धन र प्रवद्र्धन गर्नका लागि विगत लामो समयदेखि क्रियाशील चम्पन सांस्कृतिक समुहको आयोजनामा भएको कार्यक्रममा ‘वैष्णवी’को विमोचन गरिएको हो । विकास चौधरीको एकल सङ्गीत रहेको ‘वैष्णवी’का प्रस्तुतकर्ता फेरु चौधरी रहेका छन् । सम्भवतः राष्ट्रिय भाषामा आधुनिक गीत गाउने समिक्षा चौधरी पहिलो गायिका हुन् । वृहत सांस्कृतिक कार्यक्रमका साथमा विमोचित ‘वैष्णवी’ मा पाँचवटा गीतहरु रहेका छन् । शान्ति इन्टरटेन्मेन्टको प्रस्तुतिमा आएको ‘वैष्णवी’का चारवटा गीतमा समिक्षाले स्वर दिएकी छिन् भने सविना केसीको शब्द रहेको छ । त्यस्तै ‘फर्कि फर्कि हेर्ने’ बोलको गीतमा भने फेरु चौधरीको शब्द तथा स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु