समीक्षामा सभ्यता

म्यूजिक खबर
प्रकाशित: ४ कार्तिक २०७०, सोमबार

एकै घरका तीनजना स्रष्टाको गीत रचनामा तयार पारिएको एल्बम सभ्यताको दाङमा समीक्षा गरिएको छ । तीन गीतकार रमेश सुवेदी, दामु मार्सिफूल र कविता उपाध्यायको रचनामा तयार पारिएको एल्बम सभ्यतामा राप्तीकै संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् । रोल्पा निवासी रमेश सुवेदी, दामु मार्सिफूल र कविता एकै घरका सदस्य हुन् भने संगीतकार श्रेष्ठ दाङ निवासी हुन् । राप्तीका चार स्रष्टाको जमघरमा दाङमा सभ्यता एल्बमको समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा संविधानविद् एवं गायक डा.भिमार्जुन आचार्य, संगीतकार डा.गोविन्द आचार्य, साहित्यकार टीकाराम उदासी र गीतकार के एल पीडितको उपस्थिति रहेको थियो । उनीहरुले सभ्यताको समीक्षा गर्दै सफलताको शुभकामना दिएका थिए ।

1396052_10201777962602680_1839501621_n
सभ्यता एल्बममा विरानो भो बस्ने बास, तिम्ले छोड्पछि दामु मार्सिफूलले लेखेका छन् भने नरेन्द्र प्यासीले यसलाई स्वरबद्ध गरेका छन् । त्यस्तै रमेश सुवेदीको शब्दमा आमा भन्दा… बोलको गीतलाई कृष्णभक्त राईले स्वरबद्ध गरेका छन् । जुन गीतले मातृभूमि र राष्ट्रप्रेमको आभास गराएको छ । त्यसैगरी कविता उपाध्यायको शब्दमा अन्जु पन्तले स्वरबद्ध गरेको अमृत भनी विष दियौं बोलको गीतमा माया प्रेमलाई उजागर गरिएको छ ।  एल्बममा प्रमोद खरेल, शिशिर योगी, अन्जु पन्तको स्वर पनि समावेश गरिएको छ । एल्बममा गीतकार त्रयको दुई दुई वटा गीत समावेश गरिएको छ । राप्ती साहित्य परिषद् दाङले आयोजना गरेको थियो भने पत्रकार महासंघ दाङको हलमा कार्यक्रम सम्पन्न भएको थियो ।

sabhyata1 sabhyata

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु