सम्पूर्ण संगीत क्षेत्रको प्रतिनिधि हुँः गीतकार देवकोटा

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७३, बिहीबार

माघ २७, काठमाण्डौ । गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले आफू सम्पूर्ण गीत संगीत क्षेत्रको प्रतिनिधि भएको बताएका छन् । संगीत रोयल्टी संकलन समाज र संगीतकार संघले आयोजना गरेको स्वागत एवं बधाई कार्यक्रममा बोल्दै देवकोटाले आफू गीतकार संघको अध्यक्ष मात्र नभएर सम्पूर्ण गीतसंगीत क्षेत्रको प्रतिनिधि भएको बताएका हुन् । उनले सम्पूर्ण गीतसंगीत क्षेत्रमा आफूले जानेको र सम्भव भएका काम गर्न सदैव तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । देवकोटाले आफ्नो विवेकले भ्याएसम्म गीतसंगीत क्षेत्रको नैतिक, बौद्धिक अधिकारसँगै रोयल्टीका मुद्दामा पनि अगाडि बढ्ने बताएका थिए ।

token of love_sures
गीतकार संघ नेपालको नयाँ कार्यसमितिलाई संगीत रोयल्टी संकलन समाज नेपाल र संगीतकार संघ नेपालले संयुक्त रुपमा स्वागत एवं बधाई गरेको छ । चुडामणि देवकोटाको नेतृत्वमा आएको नयाँ कार्यसमितिलाई रोयल्टी संकलन समाजको सभाहलमा कार्यक्रमको आयोजना स्वागत एवं बधाई गरिएको हो । गीतकार संघका पदाधिकारीलाई टीका, माला र मायाको चिनोसहित स्वागत एवं बधाई गरिएको थियो । गीतकारहरुले राम्रा गीत सिर्जना गरुन् भन्दै डायरी र कलमसहितको मायाको चिनो दिएर आगामी दिनमा गीतकार संघको नेतृत्व गीतसंगीत क्षेत्रमा उल्लेखनीय बन्ने आशा लिएको संगीतकार संघ एवं रोयल्टी संकलन समाजका महासचिव महेश खड्काले बताए ।

laxman shes
संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले गीतकार संघले आगामी दिनमा हुने गीतसंगीतको विकास र विस्तारसँगै रोयल्टी, पाइरेसी लगायतका अभियानमा सँगै साथ दिने बताउँदै संघका अध्यक्ष चुडामणि देवकोटा एउटा अभिभावकका रुपमा पाएको बताएका थिए । त्यस्तै रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले गीतकार संघका पदाधिकारीलाई बधाई दिँदै एउटा अभिभावक पाएको बताएका थिए । गीतकार संघका अध्यक्षका देवकोटा संघको अध्यक्ष नहुँदैदेखि रोयल्टीको अभियानमा अभिभावकत्व गर्दै आउनुभएको हुँदा हामी अबको सहज बाटोको यात्रामा भएको बताएका थिए । गीतसंगीतको क्षेत्रमा केही माफियाहरुले लुट मच्चाइरहेकाहरुले केही लाज नमानी हिंडिरहेको बताउँदै अधिकारीले अब तिनीहरुको लुटतन्त्रमाथि जाइलाग्न गीतकार, संगीतकारहरुको एकता बलियो बन्दै गएको बताएका थिए ।

chudamani devkota bharat bomzan susila_lokraj_hari

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु