‘सयकडा दश’ मार्फत मनोज गजुरेलको फिल्ममा डेब्यु

म्यूजिक खबर
प्रकाशित: ३ बैशाख २०७५, सोमबार


काठमाडौं – कमेडियन मनोज गजुरेलले फिल्ममा डेब्यु गर्ने भएका छन् । ‘सयकडा दश’मार्फत फिल्ममा अभिनय गर्न लागेका हुन्। गजुरेलसहितको फिल्म युनिट सोमबारदेखि छायांकनका लागि फ्लोरमा उत्रिएको छ।

बौद्धको सर्वेश्वर महादेव मन्दिरमा पहिलो दिनको दृश्यांश भयो। कलाकार राजाराम पौडेलले माला लगाएर गजुरेललाई फिल्म क्षेत्रमा स्वागत गरे। धन्यवाद व्यक्त गर्दै भने,‘डेब्युका लागि उपयुक्त फिल्मको पर्खाइमा थिएँ। म कमेडी विधाकै भएपनि मेरो विचारमा फिल्मको भूमिका सामाजिक उत्तरदायित्व पनि हुनुपर्छ भन्ने हो । सयकडा दश यी दुईको उपयुक्त मिश्रण हो मेरा लागि।’

 

फिल्ममा राजाराम र मनोज सम्धीको भूमिकामा प्रस्तुत हुँदैछन्। फिल्मलाई रामशरण पाठकले निर्देशन गर्न लागेको सोसल एवं कमेडी ड्रामाले प्रेम र भ्रष्टाचारको कथा भन्ने बताए। भने,’भ्रष्टाचारविरुद्ध प्रेम फिल्मको बटमलाइन राखिएको छ।’

फिल्ममा अमृत ढुंगाना, डेब्यु गर्ल करुणा श्रेष्ठको मुख्य अभिनय रहनेछ। अन्य कलाकार रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायत छन्।

 

रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत छ। युट्युव स्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशाला गुरुङ र संदेश पाठकसँग टीमअप गर्दैछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु