सलनालको उपलक्ष्यमा चिसो रातमा झुमे नेपालीहरु

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७२, आईतवार

नेपाली नयाँ वर्ष आउन केहि महिना बाँकी रहेको र अंग्रेजी नयाँ वर्ष शुरु भएको केहि महिना भएता पनि कोरियाली नयाँ वर्ष अर्थात् सलनाल भने भर्खर शुरु भएको छ । कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा कोरियामा विभिन्न सास्कृतिक कार्यक्रम गरेर भव्यरुपले मनाइयो । यस्तै रोयल इभेन्ट कोरियाको आयोजनामा ‘विन्टर कक्टेल डान्स पार्टी’ को पनि आयोजना गरिएको थियो । कोरियाको राजधानी सोलमा भएको उक्त कार्यक्रममा आयोजनामा युवा युवतीहरु बिहान हुन्जेल पार्टीमा झुम्मिए। कोरियाका चर्चित नेपाली डिजे एभसंगै नयाँ डिजेको रुपमा उदाएका डिजे नोनले पालैपालो नेपाली, अंग्रेजी तथा कोरियन डान्सिंग नम्बरबाट पार्टीमा आएका युवायुवती हरुलाई नचाउन सफल भएका थिए। सोलमा रहेको छा छा नाईट क्लबमा आयोजना भएको पार्टीमा करिब ५०० को हाराहारीमा युवा युवतीहरुको भिड रहेको थियो। बाक्लो भिडसंगै युवा युवतीहरु चिसो रातमा पनि तात्तिदै डान्समा मग्न देखिन्थे।छुट्टिको अवसरमा रेफ्रेश्मेंट होस् भनि पार्टी आयोजना गरेको रोयल ईभेन्टक दिपेश श्रेष्ठले बताए।

Royal_event KOrea

cocktail_party korea

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु