सलमानसँगै स्टेज सेयर गर्ने भए यी कलाकार !

म्यूजिक खबर
प्रकाशित: १० फाल्गुन २०७४, बिहीबार

फागुन १०, काठमाडौं । फागुन २६ गते टुँडिखेलमा बलिउड सुपरस्टार सलमान खानको ‘दबंग द टुर’ कार्यक्रम हुँदैछ । त्यसका लागि उनी मार्च ९ तारिखमा नेपाल आउँदैछन् । सलमानको ‘दबंग द टुर’ मा नेपाली कलाकारले पनि स्टेज सेयर गर्दैछन् ।

कार्यक्रम आयोजकका अनुसार नेपाली गायक राजेश पायल राई, विजय लामाले ‘द दबङ टुर’ मा गीत गाउने छन् भने सुष्मा कार्की र माला लिम्बुले उक्त स्टेज कार्यक्रममा नृत्य प्रस्तुत गर्ने भएका छन् ।

सन् १९९४ पछि पहिलो पटक नेपाल आउन लागेका सलमानको कार्यक्रमको नेपाली होस्ट चर्चित कलाकार निर्देशक दिनेश डिसीले गर्ने भएका छन् । चर्चित अंग्रेजी गायक ब्रायन एडम्सको नेपालमा भएको सांगीतिक कार्यक्रमको सञ्चालन पनि दिनेश डिसीले नै गरेका थिए ।  करिब तीन घन्टा चल्ने कार्यक्रममा नेपाली कलाकारको पफर्मेन्समा दिनेश डिसीले होस्ट गर्ने बुझिएको छ । हामीसँगको कुराकानीमा डिसीले होस्ट गर्ने विषयमा केहि बोलेनन् तर कार्यक्रमका लागि नेपाल तर्फको कोअडिनेसन आफुले गर्ने बताए ।

फागुन २६ गते नेपाल आउन लागेका बलिवुड नायक सलमान खानसंगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने भएका छन् । कन्र्सटमा सलमान र कट्रिनाले एकसाथ स्टेजमा प्रस्तुति दिने छन् जसमा सलमानले करिब १ घण्टा स्टेजमा बिताउने कुरा बाहिरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु