सहारा एकेडेमीलाई अन्जु र यशकुमारको सहयोग

म्यूजिक खबर
प्रकाशित: २१ आश्विन २०७१, मंगलवार

हङकङ, २१ असोज । नेपालीहरुको महान चाड बडादसैंको अवसरमा हङकङमा सांगीतिक कार्यक्रममा गायिका अन्जु पन्तले एक एक लाख रुपैयाँ सहारा एकेडेमीलाई प्रदान गरेकी हुन् भने गायक यशकुमारले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा एकेडेमीको सहयोगार्थ आयोजित सहारा साँझका माध्यमले गायक गायिकाहरुले हङकङमा दसैंको भरपूर मनोरञ्जन प्रदान गरेका थिए । सहारा क्लब हङकङ र सहारा क्लब पोखराले दोस्रो पटक गरेको ‘सहारा साझ’ ले हङकङमा रहेका नेपाल्ऽीहरुलाई दसैं बिर्साएको आयोजकहरुले दाबी गरेका छन् । गायिका अन्जु पन्त र यशकुमारले दसैंको शुभकामना बोलको गीतबाट कार्यक्रम सुरु गरेका थिए भने अन्जुले कसले चो¥यो मेरो मन, तिर्खा लाग्यो पानी खाए, नबिर्से तिमीलाई लगायतका गीत गाउँदा कार्यक्रमको माहौल तातिएको थियो । उनका सबै गीतलाई दर्शकले ताली पिटेर साथ दिएका थिए ।

चार वर्षको अन्तरालपछि दोस्रो पटक हङकङ पुगेकी गायिकाले नेपाली दर्शकको अपार साथ पाईन् । त्यसो त अन्जुले केही समयअघि मात्रै हिन्दु धर्मसँग सम्बन्धित गीत नगाउँदा विवादित बनेको दसैं गीतलाई नै कार्यक्रमको सुरुमा गाएकी थिइन् । त्यस्तै गायक यशकुमारले पनि म कहिले हाँसेको थिए, तिम्ले छोएको, बाटोमुनिको फुल लगायतका गीतले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

anju panta
राष्ट्रिय महिला भलिबल खेलाडी तथा गुरुङ फिल्मकी नायिका सिपोरा गुरुङले कार्यक्रममा दुई गीतमा आकर्षक नृत्य प्रस्तुत गरिन् । कार्यक्रममा कुनै बेलाको चर्चित पोखरेली ब्यान्ड बफिन्स नाईटी एईटका गायक संजीव गुरुङले नेपालीपनको झझल्को दिलाएका थिए भने द अर्थ ब्यान्डका गायक शिव लामिछानेले पनि कार्यक्रमलाई थप रोचक बनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सहारा युकेका अध्यक्ष नविन गुरुङले कार्यक्रम सफलताको शुमकामना दिए भने क्रार्यक्रम संयोजक तथा क्लबका उपाध्यक्ष रेनुका गुरुङले क्लबबारे जानकारी दिएकी थिइन् । अघिल्लो वर्ष कार्यक्रमबाट २० लाख रुपैया संकलन भएकोमा दस लाख एकेडेमी संचालनका लागी अक्षय कोषका लागि हस्तान्तरण गरिएको हङकङ सहाराका अध्यक्ष दिपक गुरुङले बताए । अहिलेसम्म एकेडेमील्ऽाई ३३ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिसकिएको पनि उनले जानकारी दिए ।
पोखरा १७, दोविल्लामा २ करोडको लागतमा संचालनमा आएको सहारा एकेडेमीमा विपन्न वर्गका १२ जिल्लाका २२ बालबालिकाहरु अध्ययनरत छन् ।

anjuu

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु