सांगीतिक पथमा चम्किरहेकी आश्माले भनिन् ‘रुँदै छु म हाँस्न नसकेर’

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७२, बुधबार

हिरा बुढाथोकी , पोखरा । म्याग्दीको पाखापानी ४, ठाडाखानी घर भई हाल कास्कीको पोखरा स्थित लामाचौरमा बस्दै आएकी आष्मा छन्त्यालले लोक तथा दोहोरी गीतमा छोटो समयमा नै सफलता पाउन थालेकी छन् ।

आफ्नो सांगीतिक यात्रा बारे सम्झदै छन्त्याल भन्छिन सानै देखी गीत सङ्गीतमा रमाउने मान्छे एक दिन दाङमा छन्त्याल संघले आयोजना गरेको कार्यक्रममा पहिलो पटक स्टेजमा माईक समाएर गीत गाउने अवसर मिल्यो त्यसमा डराइ डराइ केही गीत गाए त्यसैको सन्देश सहित फोटोहरु सामाजिक सञ्जालमा सार्बजनीक भएपछी धेरैको उत्साहजनक प्रतिक्रिया र हौसलाले आज यहाँ सम्म ल्यायो । आफुलाई यो क्षेत्रमा औपचारिक पाइला टेक्न अग्रज कलाकार तथा कन्चान सुशिल म्युजिक प्रा.लि.का बजार ब्यबस्थापक दिप छन्त्यालको भूमिका महत्वपुर्ण रहेको र उहाँलाई गुरुको रुपमा लिएको उनले बताइन् ।

हाल सम्म करिब एक दर्जन भन्दा बढी लोक तथा दोहोरी गीतमा स्वर दिइसकेकी छन्त्यालको भर्खरै एउता मार्मिक एकल लोक गीत ‘रुदै छु म हाँस्न नसकेर’ बजारमा आएको छ । कन्चन सुशिल म्युजिक प्रा.लि. द्वारा सार्बजनिक उक्त एक्कल गीत धेरैले मन पराएको र उत्साहजनक प्रतिक्रिया पाएकोमा खुशी लागेको उनको भनाइ छ । दिप छन्त्यालको एल्बम ‘यो स्वार्थी दैबले कस्तो भाग्य लेख्यो’ मा पहिलो स्वर भरेकी छन्त्यालले क्रमश सम्झना सालैजो, साउदी दुबै कतार , फोन गरे है सानो, सोह्र वर्षे जवानी मा नजर लगाएतका अरुको एल्बममा स्वर भरेकी छिन भने पछिल्लो सार्बजनिक एक्कल गीत आफ्नै एल्बम भएको उनले जानकारी गराएकी छन् ।

FB_IMG_1456581953496

दर्शक स्रोताको माया साथ सहयोग र स्वरले साथ दिए सम्म गाएन क्रम नरोकिने उनको प्रतिबद्दता रहेको छ । रेकर्ड भइसकेको अन्य गीती एल्बमहरु ‘यो धर्तीमा ज्युदो रहे सम्म , चस्मा लाउने मायालाई ‘लगाएत छिट्टै बजारमा आउने क्रममा रहेको पनि आष्माले जानकारी गराएकी छन् ।

लोक सङ्गीत लाई निरन्तरता दिने अथोट लिएकी गायिका छन्त्याल पछिल्लो समय बढ्दै गएको प्रबिधिको बिकाशले सङ्गित क्षेत्र धारासायी बन्दै गएकोमा भने चिन्ता ब्यक्त गर्छिन । अबको पुस्ताले अग्रजहरुले जसरी कलाकारिताबाट जिवन निर्बाह गर्न सक्ने सम्भव देखिदैन स्टेज सो को भरमा कलाकारिता बचेको छ त्यो स्थान सम्म पुग्नलाई ठुलै लगानी गर्न पर्छ त्यो कला हुनेलाई भन्दापनी ठुलो मिडियामा खर्च गरेर प्रचारित हुन सक्नेलाई मात्र सम्भव छ त्यसैले नयाँ पुस्ताका कलाकार स्थापित हुन त झनै गाह्रो रहेको छन्त्यालको दुखेसो छ ।

FB_IMG_1456485984497

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु