सांगीतिक फूल हुन् अबुन

म्यूजिक खबर
प्रकाशित: ७ श्रावण २०७२, बिहीबार

काठमाडौं । रञ्जना म्युजिक इण्ड्ष्ट्रिजको सांगीतिक फुलबारीमा फुलेकी फुल हुन अबुन पाण्डे । यसको सांगीतिक गोडमेल गरेका छन् टिका दाहालले र शब्दरुपी बिउ छरेका छन् रमेश दाहालले ।
बिदेश यात्राका क्रममा थुप्रै नयाँ अनुभवहरु सँगालिन्छन् । मेरो पहिलो बिदेश यात्राको क्रममा नै चलचित्र ‘कस्लाई दिउँ यो जोवन’ को मायामा…भन्ने गीत छायाँकन गर्ने मौका मिल्यो, त्यो गीतको चर्चा र लोकप्रियाताले थप हौसला मिल्यो निर्देशक सुरेश दर्पण पोखरेलले आफ्नो अनुभव बताउँदै भने – ‘मेरा प्राय बिदेश यात्रााका दौरान क्यामेरासँग खेल्ने सोखहरु पुरा हुँदै गए । पछिल्लो समय अष्ट्रेलिया पुग्दा दुई वटा गीतको भिडियो बनाउने अवसर जुट्यो । ती दुई मध्ये एक भिडियो  रिलिज भएको छ ।’

abun usa
यो भिडियो यस अर्थमा पनि स्मरणीय छ कि केही समयको ग्याप पछि दर्शकहरुले चर्चित मोडेल, नायिका प्रकृती श्रेष्ठलाई फेरी स्क्रिनमा देख्दैछन् । सम्पूर्ण गीत अष्ट्रेलियाको मेलबनमा खिचिएको छ । अबुन पाण्डेको जादुमयी स्वर, टिका दाहालको सुमधुर संगीत अनि रमेश दाहालका मिठा शब्दहरुलाई प्रकृति र सञ्जय कँडेलले अभिनय मार्फत् प्रस्तुत गरेका छन् । अष्ट्रेलियामै बस्ने निर्देशक पोखरेलका मिल्ने साथी जीवन रसाइली र सुरेश महर्जनले छायाँकन गरेका छन् भने भरत रेग्मीले सम्पादन गरेर भिडियोलाई जीवनन्तता दिएका छन् । म्यूजिक भिडियो निर्माणका क्रममा साथ दिने सम्पूर्णलाई निर्देशक पोखरेलले धन्यवाद दिएका छन् ।

singer

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु