सांगीतिक संघको नेतृत्व अब कसको हातमा ?

म्यूजिक खबर
प्रकाशित: १४ भाद्र २०७४, बुधबार

१४ भाद्र २०७४, काठमाडौं । नेपाल सांगीतिक संघको आगामी भाद्र २३ गते हुन गइरहेको १८ औं साधरणसभाले नयाँ नेतृत्व प्रदान गर्ने भएको छ । संगीत क्षेत्रको पुरानो संस्थाको रुपमा परिचित यस संघको उचाइ जसरी कायम भएको छ त्यही अनुसार अध्यक्षहरु परिवर्तन हुँदै आएको छ । हाल मिलन मोक्तानको अध्यक्षतामा रहेको नेपाल सांगीतिक संघ विभिन्न उतारचढावबीच १८ औं साधारणसभासम्म आइपुगेको छ । गायक कुमार बस्नेत संस्थापन अध्यक्ष रहेको यस संघले मिरा राणा, रुवि जोशी, कोमल वली, तारा थापा जस्ता धेरै अध्यक्षहरुले कार्यभार सम्हालिसकेका छन् । अहिले भने मिलन मोक्तानको अध्यक्षतामा नेपाल सांगीतिक संघले दुई वर्षे कार्यकाल समाप्त गर्दैछ ।


हालको कार्यसमितिमा रहेका पदाधिकारीहरु नै धेरै दोहोरिने मानसिकतामा रहे पनि केही परिवर्तन भने पक्कै हुने देखिन्छ । भाद्र २३ मा हुने नयाँ कार्यसमितिका लागि मिलन मोक्तान पुनः दोहोरिने भन्ने मनसायमा रहेका छन् । अब एक कार्यकाल यही कार्यसमिति दोहोरिने भन्ने मोक्तानको भनाइ रहेको छ भने उपाध्यक्ष खर्क बहादुर बुढा र महासचिव सन्तोष श्रेष्ठ पनि अध्यक्षको प्रत्यासी बन्ने हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । संघलाई आर्थिक उन्नति र स्तरोन्नति गर्दै अगाडि लैजान सक्ने क्षमतावान नेतृत्व अब को बन्ला त्यो भाद्र २३ ले नै निर्णय गर्नेछ ।

संघले नयाँ सदस्यता लिन चाहने र पुराना सदस्यहरुलाई नविकरण गर्नका लागि पनि सूचना जारी गर्दै आव्हान गरेको छ । साधारणसभाका अवसरमा विशिष्ट योगदान पु¥याएका स्रष्टाहरु र संगीतको क्षेत्रमा कलम चलाएका पत्रकारलाई समेत सम्मान गरिँदै आइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु