सांगीतिक संघप्रति सबैको चासो

म्यूजिक खबर
प्रकाशित: २१ कार्तिक २०७२, शनिबार

काठमाडौं । नेपाल सांगीतिक संगीत क्षेत्रको पुरानो संस्थाको रुपमा परिचित भए पनि खासै गति लिन नसकेको संस्थाको रुपमा चिनिँदै आएको छ । कुमार बस्नेतदेखि सुरु भएको सांगीतिक संघले गायिका मिरा राणा, रुबी जोशी, कोमल वली, तारा थापा जस्ता धेरै नेतृत्वहरु पाइसक्यो तर संघ भने सधैं निश्क्रियजस्तै भएर बस्यो । यसका गतिविधिहरु खासै अघि बढ्न सकेन फलतः पछिल्लो समय यो संघ पनि छ है भन्ने कुरा कहिलेकाही सुन्नमा आइरहेको बेला भर्खरै चयन भएको नयाँ कार्यसमितिको पहिलो कार्यक्रममा उपस्थित सबैले चिन्ता र चासो व्यक्त गरेका छन् ।
संगीतकार मिलन मोक्तानको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिले आफ्नो पहिलो कार्यक्रमका रुपमा शनिबार आफ्नै हल डिल्लीबजारमा गरेको शुभदीपावली, छठ, नेपालसम्वत्को शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित अतिथिहरुले सांगीतिक संघको बारेमा चिन्ता व्यक्त गरेका हुन् । अब यो संघलाई कसरी अगाडि बढाउन सकिन्छ, कस्तो कार्यक्रमलाई लिएर अगाडि बढ्ने भन्ने कुरामा अतिथिहरुको चासो बढेको हो ।

nepal sangitik sangh

गायक तथा संगीतकार प्रेमध्वज प्रधान, गायक नन्दकृष्ण जोशी, गायिका चन्द्रकला शाह, कोमल वली जस्ता दिग्गज व्यक्तित्वहरुबाट सांगीतिक संघप्रति चासो बढेपछि नयाँ पदाधिकारीमाथि पनि चुनौतिको विषय बनेको थियो ।
संघको अध्यक्ष मिलन मोक्तानको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ५० भन्दा बढी संगीतकर्मीहरुको उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्ण संगीतकर्मीलाई संघका तर्फबाट शुभकामना आदानप्रदान गरिएको थियो ।

komal oli

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु