सांगीतिक संघमा मोक्तानको नेतृत्व

म्यूजिक खबर
प्रकाशित: १८ आश्विन २०७२, सोमबार

काठमाडौं । नेपाल सांगीतिक संघको १६ औं वार्षिक साधारणसभाबाट मिलन मोक्तानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । २०७२ आश्विन १६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा नेपाल साङ्गीतिक संघको गरिमामय १६औं वार्षिक साधारणसभामा मोक्तानको नेतृत्वमा १७ सदस्सीय नयाँ कार्य समिति चयन गरिएको छ। कार्यसमितिमा उपाध्यक्षमा खर्क बहादुर बुढा र शशि शर्मा मजगैंया, महासचिवमा सन्तोष श्रेष्ठ, सचिवमा विजय लामा, कोषाध्यक्षमा मौषमी गुरुङ, सदस्यमा कविता थापा, चिरञ्जीवी आचार्य, दिनेशराज रेग्मी, प्रेमप्रकाश ओली, मदन गोपाल, मनिषा पोखरेल, रमला पाख्रिन तामाङ, रितु कडेल, विकास चौधरी, विनोद कुमार भुजेल र सविना आचार्य रहेका छन्।

sangitik sangh

उक्त अवसरमा नेपाली सङ्गीतका पाच स्रष्टालाई पुरस्कृत गरिएकोछ। नेपाल साङ्गीतिक सङ्घ पुरस्कार गीतकार भैरवनाथ रिमाल कदमलाई, शिबशंकर सङ्गीत पुरस्कार सङ्गीतकार कर्म योञ्जनलाई, फत्तेमान सङ्गीत पुरस्कार गायिका तीर्थकुमारी थापालाई, पुष्प नेपाली सङ्गीत पुरस्कार गायक एपी जोशीलाई र नेपाल साङ्गीतिक सङ्घ पुरस्कार सङ्गीत संयोजक गणेश परियारलाई प्रदान गरिएको थियो ।

premprakash oli

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु