सांस्कृतिक कार्यक्रमसहित बुद्धविहारको सिलान्यास

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७१, सोमबार

ललितपुर । जिल्लाको लेले गाविस–१ स्थित रिङ्गापुर बुद्ध विहारको एक सांस्कृतिक कार्यक्रम बीच सिलान्यास गरिएको छ । बुद्ध विहार सङ्घको आयोजनामा भएको उक्त रिङ्गापुर बुद्ध विहारको सिलान्यास उद्योग मन्त्री महेश वस्नेतले गरेका छन् । कार्यक्रममा स्कुले विधार्थीहरुले पञ्चबुद्ध नृत्य प्रस्तुत गरेका थिए भने अन्य साँस्कृतिक टोलीले विभिन्न भजन, राष्ट्रिय गान लगायतका मनोरञ्जनात्म प्रस्तुती प्रस्तुत गरेका थिए । रिङ्गापुर बुद्ध विहारका अध्यक्ष दिपक रमण चलचित्र निर्माता एवं सुगम संगितका संगितकार पनि हुन । स्थानीय राजनीतिक पार्टीका प्रतिनिधिहरु, सङ्घ संस्था तथा स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सभापतित्व निर्माण समितिका अध्यक्ष दिपक रमणले गरेका थिए । अध्यक्ष रमणका अनुसार विहार निर्माणमा झन्डै एक करोड खर्च हुने र दुई वर्ष लाग्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु