साइँला र साँइलीको भिडियो

म्यूजिक खबर
प्रकाशित: ३ बैशाख २०७४, आईतवार

काठमाडौं, ३ बैशाख । सांगीतिक बजारमा यतिखेर साँइला–साँइलीको चर्चा छ, जसले पक्कै गाउँघर तथा प्रदेशिएका कति साँइला–साँइलीहरु फुरुंग भएको पनि हुनसक्छ । यसैबेला अर्को साँइला सार्वजनिक भएको छ । गायिका अनिला राईले प्रदेशिएका साँइलाहरुलाई यसरी गीतमार्फत सम्झिेकी छन् जबकि, यो गीत तथा भिडियो हेरे÷सुनेपछि हरेक साँइलाहरुको मन पगाल्नेछ ।

saila

अनिलाको ‘ए, साँइला…’ बोलको गीत राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । टेलिभिजन र यु–ट्युबमार्फत एकसाथ रिलिज गरिएको यस गीतमा आफू गाउँघरमा घाँसपात गर्दै प्रदेशिएका आफ्ना साँइलालाई प्रेमभावपूर्ण सम्झिएको छ ।
पत्रकार एमपी सुब्बाले निर्देशन गरेको यस भिडियोमा साँइलीको भूमिकामा मोडल तथा अभिनेत्री निशा लिम्बू पोमुलेले अभिनय गरेकी छन् भने अभिनेता दिक्पाल कार्की प्रदेशिएका साँइला बनेका छन् । गीतको भावअनुसार निशा र दिक्पालले जीवन्त अभिनय गरेका छन् । थुप्रै म्युजिक भिडियो तथा केही नेपाली चलचित्रमा अभिनय गरिसेकी निशाले यस भिडियोबाट धेरै अपेक्षा गरेको सुनाइन् ।


भिडियो रिजिलकै दिन शनिबार आफ्नो जन्मदिन मनाएकी निशाले भनिन्, ‘यो भिडियो मेरो लागि विशेष बनेको छ । र, यस भिडियोबाट मेरो मोडलिङ करिअरमा धेरै अपेक्षा पनि गरेकी छु ।’ निशालाई कार्यक्रममा जन्मदिनसँगै भिडियोको सफलताको लागि शुभकामना दिनेहरुको भीड लागेको थियो । यस भिडियोमा निशा र दिक्पालका अलावा पत्रकार कुबेर गिरिलगायतको पनि अभिनय हेर्न सकिन्छ ।

sailasailee

फोटो पत्रकार तथा म्युजिक भिडियो निर्देशक समेत रहेका नविनबाबु गुरुङको छायांकन रहेको ‘ए साँइला’ को शब्दरचना हेमकुमार राईले गरेका हुन् भने संगीत डक्टर किरातको रहेको छ । एक दशकदेखि बेलायतका बस्दै आएकी गायिका अनिलाको यो पछिल्लो एल्बम ‘स्वरांकन’ मा समावेश गीत हो, ‘ए साँइला’ । आफू प्रदेशिएर प्रदेशिएकैहरुका लागि उनले यो गीत गाएकी छन् । जुन गीत दर्शक तथा श्रोताले रुचाउँने उनको विश्वास छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु