साइप्रसमा तुलसीको क्रेज

म्यूजिक खबर
प्रकाशित: ११ असार २०७२, शुक्रबार

साइप्रस । भुकम्प पीडितका लागि राहत संकलन गर्ने उद्देश्यले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा गायक तुलसीले साइप्रसमा रहेका नेपालीहरुलाई नचाउन सफल भएका छन् । विदेशमा रहेर नेपाली गायनमा लागेका गायक तुलसी शिवाकोटी यतिखेर नेपालीहरुमाझ लोकप्रिय बन्दै गएका छन् । साइप्रसमा भएको सांस्कृतिक कार्यक्रममा उनको स्वरको जादूसँगै साइप्रसमा कार्यरत नेपालीहरु नाचेपछि उनको वाही वाहीको सीमा नै रहेन ।

tulasi siwakoti
युरोपमा बस्दै आएका गायक तुलसी शिवाकोटीले विभिन्न देशमा हुने गरेका कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै आएका छन् । उनको माग नेपाल बाहिर हुने स्टेज कार्यक्रममा बढि देखिएको छ । स्टेज तताउन सिपालु गायक सिवाकोटीले पछिल्लो समयमा साइप्रसको लिमासोल तताएका छन् । नेपाल साइप्रस स्टुडेन्ट र यान्की हाल्म्योको संयुक्त आयोजनामा भएको कार्यक्रममा महानायक राजेश हमाल, गायकहरु राजु लामा, हिमाल सागरसँगै उनले प्रस्तुति दिएका थिए । साइप्रसमा स्थापित गायकहरुसँगै स्टेजमा प्रस्तुति दिएका तुलसीलाई नेपालीहरुले अन्य कलाकारहरुभन्दा बढी रुचाएका थिए । उनले हे तुलसी आँगनमा, कस्तो भयो होला, रेशम फिरिरि, जिन्दगानी दर्पण छायाँ लगायतका गीतहरु गाएका थिए ।

tulsi in cyprus tulasi siwakoti tulsi2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु