साउन २३ मा एलजी सिने सर्कल अवार्ड

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७४, सोमबार

असार २६, काठमाडौं । सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुन लागेको ‘एलजी सिने सर्कल अवार्ड २०७४’ साउन २३ गते हुने भएको छ । यसअघि साउन २२ गते गर्ने भनिएको अवार्ड सोही दिन म्यूजिक खबर म्यूजिक अवार्ड परेको कारण भोलिपल्ट सारिएको अवार्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए । गतबर्ष सम्माननीय उपराष्ट्रपतिको साथमा बलिउड अभिनेता एंव एम.एल.ए. सत्रुधन सिन्हादेखि उद्योगपÞती बिनोद चौधरीसम्मको ऊपस्थितिमा सम्पन्न भएको थियो । सिनेकर्मीको आशा एंव विश्वासको अवार्ड भएकोले सिनेकर्मी र संगीतकर्मी बाँडिन नदिन आयोजक कमीटिले मिति परिवर्तन गरी साउन २३ मा पु¥याएको आयोजक कमितिका अध्यक्ष डिसीले बताए ।

lg cine
यस बर्ष नेपाली चलचित्रमा निजि लगानी सुरु भएको एकाउन्नौ बर्षको महोत्सवको रुपमा यो अवार्डलाई मनाउने तयारी भइरहेको बताइए पनि कार्यक्रमको स्वरुप कस्तो हुन्छ भन्ने खुलेको छैन । यो वर्ष पनि केही नयाँ प्रारुप सहित हुन लागेको अÞवार्डलाई चन्द्रागीरी हिल्सले प्रस्तुत गरेको छ भने संधै झैं एलजीले टाईटल प्रायोजन गरेको छ । कार्यक्रमलाई आईएमई ग्रुपले मुख्य सपोर्ट गरेको बताईएको छ भने भाटभटेनी सुपर मार्केट, नेपाल टेलिकम र डिसहोमको प्रायोजन रहेको कार्यक्रम राजधानी स्थित आर्मी अफिसर्स क्ल्वमा हुनेछ । कार्यक्रममा प्रस्तुति दिने कलाकारको नाम प्रत्येक दिन एक जनाको नाम प्रकाशन गर्ने क्रममा कलाकार निर्देशक तुलसी घिमिरे, गायक राजेशपायल राई र कलाकार झरना थापाको नाम सार्वजनिक भईसकेको छ । कार्यक्रममा ४ पुस्ताका नेपाली कलाकारहरूको प्रस्तुति रहने बताईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु