साकुरा नाइटमा प्रमोद, सन्दिप, नरेश लगायतले जापान तताउँदै

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७४, बिहीबार

जापान । जापानीहरुले मनाउने एक विशेष चाड गोल्डेन विकको अवसरमा प्रवासी नेपालीहरु माझ सुर्य कर्पोरेसनद्वारा ”साकुरा नाईट २ जापान ” नामक देशभर यस बर्ष पनि बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ । मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारि सुर्य कर्पोरेसन र ग्रिष्मा ईन्टरटेन्डमेन्टले हरेक बर्ष जापानको मुख्य शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ ।

सुर्य कर्पोरेसनका ब्रयान्ड एम्बेसडर समेत रहेका निकै चर्चित संचारकर्मी एबम कार्यक्रम प्रस्तोता नरेश भट्टराईको उत्कृष्ट उदघोषणमा संचालित हुनेछ । साकुरा नाईटमा युवामनका लोकप्रिय गाएक प्रमोद खरेल, पछिल्लो पटक निकै रुचाईएका स्टयान्डप कमेडिएन सन्दिप क्षेत्रि र सुमधुर स्वरकि धनि गायिका नलिना चित्रकारको प्रस्तुति रहनेछ ।Sakura night- Pramod kharelकार्यक्रम गोल्डेन विकको पहिलो दिन २०१७ मे ३ तारिकका दिन टोक्यो बाट सुरु भई मे ४ तारिक नागोया, मे ५ तारिक ओशाका र मे ७ तारिक फुकुओकामा हुनेछ । कार्यक्रमबाट हुने मुनाफा बाट गरिव, दिन दुखि र असाह्यको सहारा बन्दै आईरहेको नेपालको मानब सेवा आश्रमलाई सहयोग गरिने सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारी दिएका छन । कार्यक्रमलाई भब्य र सभ्य एवम मर्यादित बनाउनका निमित्त प्रत्येक शहरहरुमा तय गरिएको आयोजक टोलिले कार्यक्रमको ब्यबस्थापन गर्नेछ ।

pramod-nalina-naresh.sandip copy

‘साकुरा नाईट’ नामक कार्यक्रम सुर्य कर्पोरेसनले ईन्टरनेसनल ईन्टरटेन्टमेन्ट कम्पनि ग्रिस्मा इन्टरटेन्टमेन्ट संग मिलेर गर्दै आईरहेको छ । नेपालमा यस अघि ईन्डियाका टप गाएक मिका सिंगको कन्सर्ट पनि ग्रिस्माले नै गरेको थियो । कार्यक्रमको दौरान ग्रिष्माका डाईरेक्टर एवम नेपालका नामी बिजनेस आईकोन ग्रिहेन्द्र घिमिरे पनि जापान आउने भएका छन । अघिल्लो बर्षको साकुरा नाईटमा नेपालका अति चर्चित सदावाहार गायक रामक्रृण्ण ढकाल, आधुनिक गायनका नयां आयाम तथा युवामनको ढुकढुकी हिमाल सागर, चर्चित गायिका मिलन अमात्य, कमेडि किंग जितु नेपाल मुन्द्रे, नेपालका बहुचर्चित डिजे राजु र कार्यक्रम प्रस्तोता नरेश भट्टराईले जापानबाशि नेपालिलाई निकै मनोरंजन प्रदान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु