‘सागरको गहिराईमा’ लिएर आए पार्कर लिम्बु (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ११ असार २०७४, आईतवार

असार ११, काठमाडौं ।  पप गायक पार्कर लिम्बुले गाएको पप शैलीमा आधारित ‘सागरको गहिराईमा…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा गायक लिम्बुले पनि अभिनय गरेका छन् । रमाइलो कुरा के छ भने उक्त यी गायक आ“खा देख्न सक्दैनन् । दर्शकहरुलाई आश्चर्यमा पार्ने गरी गायक लिम्बुले आ“खा देख्न नसक्ने कुरालाई भने म्युजिक भिडियोमा व्यक्त गरिएको छैन । म्युजिक भिडियोका निर्देशक सागर राजले गायक लिम्बुलाई सामँन्य व्यक्ति झैं फिचर गरेका छन् ।

parkar limbu

‘पानी प¥यो असिना झ¥यो’, ‘चुम्बक’, ‘तिम्रो आ“खामा’ जस्ता गीतका म्युजिक भिडियो निर्देश्ँन गरेर चर्चामा गाएका निर्देशक सागर राजले नै ‘सागरको गहिराइमा…’ को म्युजिक भिडियो निर्देश्ँन गरेका हुन् ।

देवेन्द्र नेवारद्वारा संगीत संयोजन गरिएको उक्त गीत साउण्ड मिल स्टुडियोमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोमा युवापुस्ताको खुशीको क्ष्ँणलाई चित्रण गरिएको छ, जसमा जीत, कृपा, युम्मी तथा अञ्जलीले अभिनय गरेका छन् । सुप्रिम पराजुली उक्त भिडियोका सम्पादक तथा कलरिष्ट हुन् । अनिल के मानन्धरद्वारा छायांकन गरिएको भिडियोमा गीतका भावनालाई चित्रण गरिएको छ ।

गायक पार्कर लिम्बुले यसअघि गाएको ‘समय…’ गीतको म्युजिक भिडियो दर्शकले मन पराका थिए । उक्त भिडियोलाई पनि सागर राजले नै निर्देशन गरेका थिए ।

गायक राई विगत केही वर्षदेखि बेलायतमा बसोबास गर्छन् । उनी बेलायतको एउटा रेडियो स्टेशनमा रेडियो जक्कीको रुपमा सक्रिय छन् ।

यस्तो छ सागरको गहिराइमाको म्युजिक भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु