• सानीको गीत रेकर्डिङमा

    म्यूजिक खबर
    प्रकाशित: १३ श्रावण २०७२, बुधबार

    काठमाडौैं । दिन दिनै छोटिदैछ फरियाको नाप…….., यही गीत गाउँदै थिइन गुन्जन स्टुडियोमा गायिका सुजता उपाध्याय । माथि उल्लेखित बोलको गीत चलचित्र सानीको हो ।

    sani

    एनपी फिल्मस् प्रालिको पाँचौ प्रस्तुती चलचित्र सानीको हाल गीत रेकर्डिङ भैरहेको छ । सचिन गीरीको संगीत रहेको सानीको गीतमा राजेश पायल राई, सुजता उपाध्याय, दर्शना महर्जनका साथै एउटा गीतमा नायिका जेनिसा केसीको स्वर समेटिने छ । यही साउनको अन्त्यबाट छायाँकन शुरु हुने सानीमा नरेन्द्र महर्जन र दुर्गा बिष्टको संयुक्त लागानी रहनेछ । चलचित्र सानी बिशुध्द नेपालीपन बोकेको मार्मिक बिषयवस्तु समेटिएको चलचित्र बन्ने निर्माणपक्षको दाबी छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु