सानुकाजी र आवाजलाई चलचित्र पत्रकार सम्मान

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७१, शनिबार

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले चलचित्र क्षेत्रमा योगदान दिएबापत केही कलाकार तथा पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । संघले गरेको निर्णयअनुसार, ५० हजार एक रुपियाँ राशिको ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार २०७१’ संघका निवर्तमान अध्यक्ष रमेश बुढाथोकीले पाउने भएका छन् ।
अध्यक्ष नवल खड्काका अनुसार, १५ हजार रुपियाँ राशिसहितको ‘शान्ति मास्के पुरसकार २०७१’ अभिनेता भीमबहादुर थापा र ‘नवप्रतिभा पुरस्कार २०७१’ रीमा विश्वकर्माले पाउने भएका छन् । त्यसैगरी प्रदीप भट्टराई र प्रतापचन्द्र तामाङलाई ‘विशेष सम्मान २०७१’ एवं सानुकुमार ताम्राकार, विजय देउजा र रवि गिरीलाई ‘नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान’ प्रदान गरिने भएको छ । दुई दशक अघिदेखि निरन्तर पत्रकारिता क्षेत्रमा लागिरहनु भएका वरिष्ठ सञ्चारकर्मी सानुकाजी श्रेष्ठ र विजय आवाजलाई ‘नेपाल चलचित्र पत्रकार सम्मान’ प्रदान गरिने संघले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु