सानुको योवनले छायो मायालु

म्यूजिक खबर
प्रकाशित: १८ जेष्ठ २०७५, शुक्रबार

१८ जेठ, काठमाडौं । पुर्वेली माया एल्बम ूआइ लभ युू नामको गीतको म्युजिक भिडियोबाट एकाएक चर्चामा आएको गायक सानु सेर्पाको नयाँ गीत ‘योवनले छायो मायालु’ सार्वजनिक भएको छ । डान्सीङ फ्लेभरको उक्त गीतमा गायक सेर्पा स्वयंको शव्द अनि संगीत रहेको छ ।


भिडियोलाई मोक्क्ष प्रोडक्सनका प्रबिन श्रेष्ठले निर्देशन गरेका हुन भने छायाङ्कन ज्ञानेन्द्र शर्माले गरेका छन । भिडियोमा चर्चित डान्सिङ ग्रुप भिमफेदी गाइजको साथमा नायिका सुमी मोक्तान फिचार्ड छन् । गायक सेर्पा नेपालको राष्ट्रिय टिमको पुर्व खेलाडी समेत हुन । उनले लोक, पप र आधुनिक, राष्ट्रिय भावनाका गीत लगायत सबै विधाका गीतहरु गाएर आफुलाई भर्सटाइल गायकको रुपमा स्थपित गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु