सान्नानी भन्छन् मलाई भन्दै योजना (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २१ आश्विन २०७२, बिहीबार

काठमाण्डौ। पछिल्लो समय चर्चाको शिखरमा रहेकी गायिका तथा सञ्चारकर्मी योजना पुरिले गुनासो गरेकी छिन् । ‘सान्नानी भन्छन् मलाई, दिलकी रानी भन्छन् मलाई,अनेकौं नाम लिंदै मेरै नाम जप्दै, घुम्छन् सबै मेरै वरिपरि’ भन्दै उनले गुनासो सुनाएकी छिन् । उनले यो गुनासो ‘संमृद्ध’ एल्बमको ‘सान्नानी’ गीत गीतमार्फत गरेकी हुन् । उक्त गीतको म्युजिक भिडियो हालको लोकप्रिय सामाजिक सञ्जाल युटुव मार्फत सार्वजनिक भएको छ । ‘संमृद्ध’ एल्बमका रहेको उक्त गीतको शब्द टेकु क्षेत्रीको रहेको छ भने कलाकारहरु वर्षा राउत र संकल्प श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियोमा गायिका योजना पुरीलाई समेत देख्न सकिन्छ । पछिल्लो पुस्तामा प्रिय गायिका बनिरहेकी योजनाको ‘सान्नानी’लाई फरज अर्पणले निर्देशन गरेका हुन् भने हरि लम्सालले संगीत भरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु