सारिकाको पिरतीले विपेशलाई जोगी बनायो, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १५ चैत्र २०७४, बिहीबार

चैत्र १५, काठमाडौं । विपेश घिमिरे र सारिका केसी अभिनिति प्रेमको बेदना बोकेको म्युजिक भिडियो बजारमा आएको छ । भर्खरै सार्वजनिक भएको गीतमा चर्चित गायक विशाल सोनी  र गायिका विष्णु माझीको स्वर रहेको छ । भिडियोमा विपेशलाई सारिका केसीले साथ दिएकी छन् ।

‘पिरतीले जोगी बनायो’ बोलको यो लोकदोहोरी भाकामा निकै मार्मिक शब्दहरु रहेका छन् । जसलाई कमला, अमित र पूर्णले कोरेका हुन । सप्तऋषि म्यूजिक प्रालिले भर्खरै बजारमा ल्याएको यो भाकामा सङ्गीत भरेका छन चर्चित सङ्गीतकार ऋषि खड्काले ।

मायाले मानिसलाई केबाट केसम्म बनाउँछ र बिछोडको पीडा कति कष्टपूर्ण हुन्छ भन्ने विषयलाई यो गीतमा प्रस्तुत गरिएको छ । गीतमा पीडाले भरिएको यो गीतमा कलाकार बिपेश घिमिरे र सारिकाले सशक्त अभिनय गरेको देख्न पाइन्छ भने यो भिडियो मिलन बिकेले सम्पादन गरेका छन् ।

साथै उत्कृष्ट निर्देकका रुपमा आफुलाई स्थापित गर्दै लगेकी बिक्रम चौहानले भिडियो निर्देशन गरेका छन् । क्यामेरामा प्रकाश खड्काले आफ्नो मेहनत देखाएका छन् । सार्वजनिक भएको केही समयमै यो म्यूजिक भिडियो पनि दर्शकहरुको रोजाईमा परिरहेकाले चाँडै नै यो भाकाले पनि नयाँ रेकर्ड कायम गर्नेमा आशाबादी रहेको विपेशले बताए ।

हेर्नुहोस गीतको भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु