साहित्यकारबाट गायक भएर आए सुरेन्द्र

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७२, मंगलवार

काठमाडौं । साहित्यिक क्षेत्रमा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन गायक भएर सार्वजनिक भएका छन् । गीति लेखन, उपन्यास लेखन हुँदै गायकतर्फ मोडिएका सुरेन्द्र महर्जनले राजधानीमा एक कार्यक्रमको आयोजना गरी आफ्ना दुई कृति एकसाथ सार्वजनिक गरेका छन् । महर्जनको स्वर एवं शब्द रहेको गीतिसंग्रह ‘अमर’ र उपन्यास ‘अनुष्का’ सार्वजनिक गरिएको हो । संगीतकार बुलु मुकारुङ एवं वरिष्ठ कलाकार कृष्ण मल्लको हातबाट उक्त कृतिको सार्वजनिक गरिएको हो ।

surendra maharjan
गीतकार अमरको गीतिसंग्रह ‘अमर’ मा ६ वटा गीत समावेश गरिएको छ । जसमा मनको ढोका, आकाशको तारा, चाहनाको, आँखाभरी, जे होला, भुल्न खोज्छु जस्ता गीत समावेश गरिएको छ । गीतकार महर्जनको एकल शब्द रहेको एल्बमका गीतमा मिलन अमात्य, शिखा भारती र ममता पोखरेल गौतमले महर्जनलाई स्वरमा साथ दिएका छन् भने राम कार्कीको एकल संगीत रहेको छ । एल्बमलाई मधुशाला म्यूजिकले बजार प्रबद्र्धन गरेको हो ।
कार्यक्रममा मनको ढोका बोलको गीतको म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो भने एल्बम एवं उपन्यास तयार पार्दाका क्रममा सहयोग पु¥याउने सहयोगी हात, मिडिया एवं अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा अतिथिहरुले सुरेन्द्र महर्जनका कृतिमाथि प्रकाश पार्दै अमरको साहित्यिक लेखनका साथमा गायकी अगाडि बढेकोमा सफलताको शुभकामनासमेत दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु