साहित्यकार सरुभक्तलाई ‘साहित्य परिवार सम्मान’

म्यूजिक खबर
प्रकाशित: ७ पुष २०७०, आईतवार

काठमाडौँ । साहित्यकार सरुभक्तलाई ‘साहित्य परिवार सम्मान’ द्वारा सम्मान गरिएको छ । साहित्य परिवार नेपाल मेडिकल कलेज प्रालिको नबौँ वार्षिकोत्सवका अवसरमा पुस ६ गते शनिबार आयोजित कार्यक्रममा सो कलेजका अध्यक्ष डा.भोला रिजालले उहाँलाई रु १० हजारसहित ताम्रपत्रद्वारा सम्मान गरेका हुन् ।
कार्यक्रममा सुधा बस्नेतको कथासङ्ग्रह ‘मायालु पीडाहरु’ र गीतिसङ्ग्रह ‘छायाँसँगै हिँड्छु म त’ को डा भोला रिजाल, डा शेखरबाबु रिजाल, डा अन्जन रिजाल, ज्ञानुवाकर पौडेल, कथाकार किशोर पहाडी र वियोगी बुढाथोकीले संयुक्तरुपमा विमोचन गरेका थिए । डा. रिजालले राजधानीका मात्र नभई राजधानीबाहिरका श्रष्टाको साहित्यिक योगदानको कदर गर्न कलेजले विविध कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु