सिंहको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको गठन

म्यूजिक खबर
प्रकाशित: १५ भाद्र २०७४, बिहीबार

१५ भाद्र २०७४, अमेरिका । अमेरिकामा रहेका नेपाली कलाकारहरुको बिशेष भेलाले गायक कन्हैया सिंहको अध्यक्षतामा १५ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को मेरिलैंड राज्य समिति गठन गरेको छ । केन्द्रीय अध्यक्ष आनन्दु लामाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बरिष्ठ लोक गायक प्रेमराजा महतले नेपाली कलाकारहरुको बारेमा बोलेका थिए । उक्त भेलाले इनासको मेरिलैंड राज्य समितिमा पदको जिम्मेवारी बाँडफाँड गर्दै सिंहलाई जिम्मेवारी दिएको हो ।


समाजको संरक्षकमा बरिष्ठ लोक गायक प्रेमराजा महत, नृत्यकार एवं समाजसेवी अनु श्रेष्ठ वन्त, वरिष्ठ सल्लाहकारमा हाँस्य कलाकार रतन सुवेदी, सल्लाहकारहरुमा समाजसेवी कुलप्रसाद गुरुङ, काजी कार्की, अमर छन्त्याल, विजय श्रेष्ठ र रविना थापा रहेका छन् ।


गायक कन्हैया सिंह अध्यक्षतामा रहेको कार्यसमितिको प्रथम उपाध्यक्षमा पप गायक श्रृजन ताम्राकार, द्वितीय उपाध्यक्षमा गायक श्याम गुरुङ, महासचिवमा गायक विमल डाँगी, सचिवमा गायक लक्ष्मण पौडेल, कोषाध्यक्षमा गायक दिनेश भण्डारी र सहकोषाध्यक्षमा नृत्यांगना इशा गुरुङ रहेका छन् ।


कार्यसमिति सदस्यहरुमा भने गायिका अन्जना गुरुङ, गायिका कल्पना पौडेल, नायिका मिरा गुरुङ, कलाकार रुथमान गुरुङ, गायिका सरिश्मा अमात्य, फोटोग्राफर राजीवन श्रेष्ठ, गायक देवकिरण शाही, अभिनेत्री सारङ्गा श्रेष्ठ रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु