सिकेसँग शुभेच्छाको मस्ती (फोटो फिचर)

म्यूजिक खबर
प्रकाशित: २५ जेष्ठ २०७१, आईतवार

काठमाडौ । मिस नेपाल अभिनेत्री सुभेच्छा थापा र डाक्टर सि.के सिंहले अहिलेसम्म कुनै पनि काम एकसाथ गरेका छैनन् । तर यी दुबैको दोस्ती अहिले दिन प्रतिदिन झागिदै छ । यी दुबै एक अर्काेको अंगालमोमा बाँधिएर मस्ती समेत गरिरहेका छन् । सि.के पेशाले डाक्टर हुन् । तर पनि उनको कलाकारीतामा त्यतिकै लगाब छ । आधादर्जन जति म्युजिक भिडीयोमा अभिनय गरेका सि .के चलचित्र अभिनयमा जम्प मार्ने तरखरमा छन् । यो हिसावले उनको सुभेच्छासंग नजिकता बढेको भने होइन । चलचित्र अभिनयको साथसाथै निर्माणमा समेत हात बढाइ रहेकी अभिनेत्री थापाले न सि केसंग कुनै काम गरेकी छन् । न त गर्ने मन सायनै बनाएकी छन् । तर पनि यी दुबै एक अर्काको अंगालोमा कसिदै किन फोटो सुट गराएका हुन् । यो बिषयमा भने बिभीन्न आसंका हुनु स्वभाबिकै हो ।
यी दुबैको यो फोटो सुटले दुबैको बिषयमा बिभिन्न प्रश्न चिन्ह समेत खडा गरेको छ । यी दुबैले आर्टीस नेपालको स्टुडियोमा फोटो सुट गराएका हुन् । फोटोमा दुबै एक अर्काको अंगालोमा बिना हिचकिचाहट बाँधिएका छन् । भने खुलेरै फोटोका पोजहरु दिएका छन् । फोटोका पोजहरु एक से एक हट एण्ड सेक्सी लाग्छन् । अभिनेत्री सुभेच्छाले अहिले सम्मकै हट पोज दिएका छन् भने यीे पोजमा सि के पनि खुलेरै समाबेस भएका छन् । आहिले डाक्टर सि.के सिंहले पनि मिस नेपाल को प्रमोशन मा खुलेर मिस नेपाल अभिनेत्री सुभेच्छा थापालाई साथ दिरहेका छन? एक अर्काेको अंगालोमा बाँधिएका यी दुबैको सम्बन्ध अहिले खुल्न नसकेको भएपनि उनले खुलाएर दिएको फोटो एकसे एक हट फोटो सुटका केही पोज भने हामिले तपाईंहरु समक्ष राखेका छौ । अहिले चलचित्र मिस नेपालको प्रोमोसनमा डाक्टर सि.के सिंह र मिस नेपाल अभिनेत्री सुभेच्छा थापा दुवै व्यस्त छन् ।
पेसाले चिकित्सक र लेखक हुन डा. सि.के. सिंह । तर, उनी डाक्टरी पेसामा मात्र सिमित छैनन् । आफ्नो व्यस्तताका बावजुद पनि डा.सिंहले कला क्षेत्रलाई पनि अंगाल्दै आएका छन् । हालसालै रिलिज भएको स्वरुपराज आचार्यद्वारा गाइएको गीत ‘माग भन्यो माया मागे छोड भन्यो छोडे मैले’ (त्याग एलबम)मा अभिनय गरेर गरेका छन् । यो गीत अभिनय गरेर चर्चामा आएका डा.सिंहले आधा दर्जन बढी भोजपुरी गीत र एउटा भोजपुरी फिल्म ‘बेवफा सजनिया’ मा समेत अभिनय गरिसकेका छन् ।
अहिले डा. सिहंले नेपाली चलचित्रमा पनि अभिनय गर्ने सोच बनाएका छन् । उनी भन्छन् ? राम्रो चलचित्रमा अफर आए अबस्य काम गर्छु । डा.सिंहको सानैेदेखी रंगीन संसारमा जम्ने ईच्छा भएपनि उनले पहिलो प्राथामिकता अध्ययनमा नै दिए । उनको अर्को परिचय लेखकिय पनि हो हालसम्म उनले चिकित्सा विज्ञान सम्बन्धि तिन वटा किताब समेत लेखिसकेका छन् । प्रिन्सिपल अफ एनाटोमी एण्ड फिजियोलोजी, वेसीक एनाटोमी एण्ड फिजियोलोजी र कम्प्लिट सोलुसन अफ एनाटोमी एण्ड फिजियोलोजी जस्ता हेल्थ साईन्सका विद्यार्थीका लागि उपयोगी पुस्तक प्रकाशन गरेका डा.सिंहले अध्ययापन समेत गराउँदै आएका छन् ।
तस्बिर: कुबेर तामाङले खिचेका हुन् भने केशन आर्टिस नेपालको रहेको छ ।

drck3 ck1 ck suvechha

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु