• सीमा २ एक संग्रहणीय एल्बमः श्रेष्ठ

    म्यूजिक खबर
    प्रकाशित: २ आश्विन २०७३, आईतवार

    गायिका सीमा शाहको दोस्रो एल्बम सीमा २ एक संग्रहणीय एल्बम बन्न सफल भएको संगीतकार सन्तोष श्रेष्ठले बताए । सीमा २ लाई बीएफबीएस गोर्खा रेडियोबाट प्रत्यक्ष रुपमा सार्वजनिक गर्ने क्रममा बोल्दै संगीतकार सन्तोष श्रेष्ठले एउटा राम्रो एल्बम बन्न सफल भएको बताएका थिए । एल्बमभित्र रहेको संगीतको समीक्षा गर्दै संगीतकार श्रेष्ठले गीतसंगीतको छनौटदेखि गायकीसम्म सबैमा फरक विशेषता रहेकै कारण एउटा उदाहरणीय एल्बमका रुपमा आफूले पाएको बताएका थिए ।

    tulasi-basnet

    त्यस्तै कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेको रेडियोका स्टेशन म्यानेजर विनोध्वज खड्काले गायिका सीमा शाहको सीमा एल्बमभन्दा पनि सीमा २ पक्कै पनि राम्रो छ भन्दै गायिकाको सांगीतिक जीवन सुखमय र चर्चामय बनोस् भन्ने शुभकामना दिएका थिए । त्यस्तै एल्बमको गीततर्फको समीक्षा गर्दै गीतकार एवं पत्रकार सुमन बैरागीले गायिका सीमा शाह सबैभन्दा फरक गायिकाको रुपमा स्थापित हुन सफल हुनेमा विश्वास व्यक्त गरेका थिए । गायिकालाई सुहाउँदो शब्द र संगीत बनेको र गायिका स्वर कसैसँग पनि नमिल्ने आफ्नै पनको भएका कारण फरक देखिएको बताएका थिए ।

    binoddhwoj

    गीतकार एवं रेडियोका प्रस्तोता तुलसी बस्नेतद्वारा संचालित कार्यक्रम स्वर्णिम स्वरहरुमा गायिका सीमा शाहको सीमा २ सार्वजनिक गरिएको थियो । सार्वजनिकपछि गीतकार बस्नेतले गायिका सीमाको बारेमा चर्चापरिचर्चा गरेका थिए ।

    seema2

    एल्बममा ७ वटा गीत समावेश गरिएको छ । जसमा । फूल हुँ म डाली डाली, मेरो हर श्वासमा, कसमै तोडी जानेलाई, भुलुँ कसरी, किन जुधे आँखा भन्थेँ, अल्झिँदा, अहिलेसम्म जस्ता गीतहरु समावेश गरिएका छन् । सन्तोष पोख्रेल, सारिका घिमिरे, समीर राई, शंकर श्रेष्ठ, लय संग्रौला, अशोक महर्जन, ललित कुँवरजस्ता सर्जकहरुको शब्द रहेको यस एल्बममा विकास थापा, शंकर श्रेष्ठ, अशोक महर्जन, राम थापा, रत्नबहादुर खड्गीको संगीत रहेको छ । tulasi-santosh-seema

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु