सुगम संगीतको प्रवद्र्धन हेतु धरानमा गणेश रसिक एकल साँझ हुने

म्यूजिक खबर
प्रकाशित: २५ पुष २०७३, सोमबार

पौष २५, काठमाण्डौ । ‘हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ’, ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’, ‘हे वीर हिँड अघि सरी’, ‘आमा भएर बोकी हेर सन्तानका पिरहरू’, ‘सुन नेपाली हो नेपालमा जन्मदै नेपाली हुनेहरू’, ‘जय जय काली जय जय गोरख’, ‘बाँच्न जन्मेको नेपाली म’, ‘तराई हेर कति राम्रो हरियो वन हुनाले’, ‘यो नेपाली ठिटो मागी मिठो खादैन’, ‘न खेल्नु जुवा र तास धनको नाश जीवनको वनबास’, ‘कहाँको दर्जी भनौला विष्ट’, ‘रातो भाले क्वायँ क्वायँ सुत्केरीलाई ख्वाएँ’, ‘मलाई प्यारो लाग्छ’, ‘लहरा पहरा छहराको देश’, ‘घर बेटी नानी आँगनीमा देउन मलाई बास’, ‘ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै’, ‘चुइँ चुइँ चुइँकिने जुत्ता’, ‘सहरै जाउँला नि धन कमाई ल्याऊँला’, ‘काफल पाक्यो काफल पाक्यो भन्छ चरीले’, ‘ओ याङ्जी नाना’, ‘तिमीले बिर्से नि लाखै छ’, ‘हामी धेरै साना छौं हाम्रो मुटु सानो छ’, आदि गायक संगीतकार गणेश रसिकलाई सुप्रसिद्ध बनाउने सिर्जना हुन्। संगीतकार गायक गणेश रसिकले जीवनमा ३ सयभन्दा बढी यस्ता मन छुने आधुनिक, लोक, स्वदेश गान तथा अन्य गीतको संगीत, संकलन, गायन तथा लेखन कार्य सफलताका साथ सम्पन्न गरेका छन्। उनै लोकप्रिय सर्जक गणेश रसिकले आगामी माघ २२ गते धरानमा एकल साँझ गर्ने भएका छन् ।

ganesh-rasik

रसिकले राष्टिय तथा अन्तराष्टिय स्तरमा यसअघि नै विभिन्न स्थानमा १३ वटा एकल साँझहरु भइसकेका छन् । उनले यसअघि काठमाडौं, झापा, पोखरालगायत सिंगापुर, हङकङमा एकल साँझहरु सम्पन्न गरिसकेका छन् । धरानमा भने पहिलो पटक रसिकको एकल साझको आयोजना गर्ने भएपछि त्यो साइत जुरेको हो ।

आयोजक मुन्धुम बुटिक एण्ड मेख्ली हाउसले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ २२ गते ‘मुन्धुम साझ’मा गायक रसिकको एकल गीतसंगै साहित्यकार उपेन्द्र सुब्बा, गायिका झुमा वनेमको प्रस्तुतिलाई मुन्धुम साँझमा समेटिने छ ।

गायक रसिकले सुगम संगीतको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक धरानमा कार्यक्रम गर्न लागिएको बताए । धरानमा चर्चित कलाकारहरुको कन्सर्टहरु धेरै हुने गरेका छन् । यसले सुगम संगीतका पारखीहरु घटेको प्रति गायक गणेश रसिकले पत्रकार सम्मेलनमा दुःखेसो पोखे । अहिले सुगम संगीतका गीतहरु आयोजना गरिदिने कोही नहुने दुःखेसो पोख्दै मुन्धुम बुटिक एण्ड मेख्ली हाउसले पहिलो पटक धरानमा एकल साँझको आयोजना गरिदिएकोमा धन्यवाद समेत दिए । मन्धुम साझको माध्यमले सुगम संगीतको महत्वलाई बुझेर अरुले पनि यस्तो खालको कार्यक्रम आयोजना गर्नेमा गायक रसिक आशावादी रहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु